२४ मंसिर २०८२, बुधबार | December 11, 2025

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : पाकिस्तानको लगातार दोस्रो जित



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको सुपर १२ को समूह ‘बी’ मा रहेको पाकिस्तानले न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेटको क्षतिमै पूरा गर्‍यो । टस जितेर बलिङ गरेको पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए । शोएब मलिक २६ रनमा अविजित रहे । न्यूजिल्यान्डका स्पिनर ईश सोधीले २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १-१ विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । न्यूजिल्यान्डका डेभन कन्वेले सर्वाधिक २७ रन बनाए । कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगे ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १-१ विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । सुपर १२ को समूह ‘बी’मा पाकिस्तान २ खेलमा २ जित साथ ४ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ४५ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल