६ श्रावण २०८३, बुधबार | July 22, 2026

२ जना प्रहरीको हत्या गर्ने ९ जनालाई जन्मकैद



धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका १० जना मध्य ९ जनालाई जन्मकैद हुने भएको छ । कैलाली जिल्ला अदालतले सो हत्या सम्बन्धी मुद्दाको अन्तिम फैसला अनुसार १ जनालाई सफाई र ९ जनालाई जन्मकैद हुने भएको हो । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरि कर्तब्य ज्यान अन्तर्गत मुद्दा चलाएको थियो ।

जिल्ला न्यायाधिश जयानन्द पनेरुको इजलासले मंगलबार उक्त मुुद्दाको अन्तिम फैसला भएको  अदालतका श्रेस्तेदार कुुन्जेडाले जानकारी दिए ।

प्रहरीले दायर गरेको मुद्दामा मुुख्य योजनाकार भनिएका धनगढी उपमहानगरपालिका-१० का ३५ वर्षीय सुुकबहादुर राना भनिने अमर राना सहित २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँका अर्का रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका-११ बस्ने गोपाल भनिने २५ वर्षीय रामगोपाल रानालाई जन्मकैदको फैसला भएको छ ।

श्रेस्तेदार कुुन्जेडाका अनुसार हत्यामा सहयोगी भूमिका खेलेको अभियोगमा पक्राउ परेका धनगढीका मटर व्यापारी राजिव गुप्ताले भने सफाइ पाएको कुुन्जेडाले बताए ।

गत वर्षको कात्तिक १ गते प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभत्स हत्या गरेको अवस्थामा शव नेपाल-भारत सीमा भएर बग्ने मोहना नदीमा फेला परेको थियो । प्रहरी अनुसन्धानले तस्करी नियन्त्रणमा खटिएका बेला उनीहरुको हत्या भएको ठहर गर्दै १० जनालाई पक्राउ गरि जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ५१ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना