२३ असार २०८३, मंगलबार | July 7, 2026

प्रहरी हत्यामा संलग्न नौ जनालाई जन्मकैद



सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी-१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार राइभान कुञ्जेडाले भने, ‘हत्या घटनामा संलग्न हुनेलाई अदालतले जन्मकैद हुने ठहर गरेको छ ।’

उक्त घटनाका अभियुक्त पुर्पक्षका लागि कारागारमा रहेका थिए। गत वर्षको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्र जुगडा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको नजिकैको नेपाल-भारत सीमा क्षेत्रको मोहना नदीमा शव फेला परेको थियो ।

सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मटरको कारोबार गर्ने धनगढीका व्यापारी राजीव गुप्तालाई भने अदालतले सफाइ दिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : ४७ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै