२ माघ २०८१, बुधबार | January 15, 2025

क्रूर हत्या गर्नेलाई जन्मकैदको फैसला



बागलुङ । चालीस वर्षीया महिलालाई क्रूर तरिकाले हत्या र बलात्कार गर्ने एक युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फुलमाया माझीलाई क्रूर हत्यापश्चात् बलात्कार गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो ।

माझीलाई सलको पासो लगाएर हत्या गरेपश्चात बलात्कार गर्ने र गरगहना लुट्ने प्रकाशलाई जन्मकैद सुनाइएको हो । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिए । विसं २०७९ असोज ३० गते बिहान घरबाट ज्यालामजदुरी गर्न निस्किएकी फुलमाया सोही साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्टीमा मृत फेला परेकी थिइन् ।

अनुसन्धानका क्रममा सिसी टिभी फुटेजलाई आधार मान्दा शङ्कास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फुलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फुलमायाको हत्या गरे पनि हत्यापछि आवेगमा बलात्कारसमेत गरेको स्वीकार गरेका थिए । प्रहरीले २०७९ साल कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ८ : ३२ बजे

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताद्वारा अदालत परिसरमा हातपात

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने

समाजवादी मोर्चाले माघ १६ गते विशेष कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ