६ भदौ २०८३, शनिबार | August 22, 2026

खेलाडीहरुका करा सुनेर भावुक बने खेलकुद मन्त्री अथक



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक अग्रज खेलाडीहरुको कुरा सुनेर भावुक भएका छन् । मन्त्री नियुक्त भएपछि आफुलाई भेट्न कार्यालय पुगेका अग्रज खेलाडीहरुको कुरा सुनेर मन्त्री अथक भावुक भएका हुन् ।

भाषण गर्दा खेलाडीलाई राष्ट्रका गहनाका रुपमा भनिने गरिएपनिे खेलाडीहरुलाई राज्यले उपेक्षा गरेको गरेपछि मन्त्री अथक भावुक बनेका थिए । सिंहदरबारस्थित कार्यालयमा मन्त्रीलाई भेट्न पुगेका अग्रज खेलाडीहरु बैकुण्ठ मानन्धर, हरी रोका, दिपक विष्ट, संगिना बैद्य लगाएतले खेलाडीहरुको मनोबल बढ्ने गरी सेवा सुविधाको ब्यवस्था मिलाउन आग्रह गरेका थिए । नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडीहरु अझैं पनि न्युन सेवा सुविधामै चित्त बुझाउनुपर्ने बाध्यतामा रहेको खेलाडीहरुको गुनासो थियो ।

अन्तराष्ट्रिय स्तरका खेल खेल्न विदेशी भुमिमा पुगेको समयमा समेत चिया र बिस्कुट खाएर मात्र गुजारा गर्नुपरेको अनुभव आफुसँग रहेको अग्रज खेलाडी बैकुण्ठ मानम्धरले बताए । आफ्नो उर्जावान समय राष्ट्रकालागि दौडिएरै बिताएको बताउँदै मानन्धरले राज्यबाट प्राप्त सेवा सुविधाले जिवन धान्न सक्ने अवस्था नरहेको जनाए ।

खेलाडीहरुको गुनासो सुनिसकेपछि मन्त्री अथकले आफु निकै भावुक भएको बताउँदै नेपाली खेल क्षेत्रको समग्र विकासकालागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको उल्लेख गरे । समग्र नेपाली युवा तथा खेलाडीहरुको भविश्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै मन्त्री अथकले सबै पक्षसँगको सहकार्यबाट खेल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले दिर्घकालीन योजना ल्याउने तयारी गरीरहेको समेत जानकारी दिए । साफमा उपविजेता हुन सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई आफ्नै पहलमा जनही ५ लाख पुरस्कारकाको ब्यवस्था मिलाएको बताउँदै मन्त्री अथकले खेलाडीहरुको हौसाला तथा क्षमता विकासमा मन्त्रालयले कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : ३२ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र