२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

रुपन्देहीको सेमलारमा हुने बि लेभल ब्याडमिन्टनको तयारी पुरा



बुटवल । स्व दिलिप पुन, कृष्ण पौडेल, लक्ष्मण तिवारी स्मृतिमा बि लेभल खुल्ला तथा भेट्रान्स पुरुष ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । नव पंन्चरत्न युवा क्लबको आयोजनामा कार्तिक १२ र १३ गते रुपन्देहीको सेमलारमा प्रतियोगिता हुने छ ।

खेलका लागि प्रतियोगितामा खेलाडी सहभागीता, मैदान रंगरोगन, ट्रफी ब्यवस्थापन लगायतका कामहरु विभिन्न उपसमितिहरुमार्फत गरिएको क्लबका अध्यक्ष जयमंगल भुषालले बताए । सेमलार क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका ३ जना युवाहरुको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरि उनले बताए ।

प्रतियोगिताका संयोजक शिव रानाले डबल्स खुल्ला र डबल्स भेट्रान्स गरि २ विधामा प्रतियोगिता हुने बताए । खुल्लातर्फ उपाधि विजेता टिमले नगद ३५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । यसैगरि उपविजेता टिमले नगद २० हजार रुपैया तथा तृतिय टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।

भेट्रान्स तर्फ उपाधि विजेताले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १२ हजार हजार रुपैया कप, मेडल, प्रमाणपत्र तथा तृतिय स्थान हासिल गर्ने टिमले नगद ६ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ३ हजार रुपैया, कप तथा उदयमान खेलाडीलाई नगद २ हजार ५ सय रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा करीब १५ जिल्लाका खुल्लातर्फ ६४ र भेट्रान्स तर्फ ३२ टिमले भाग लिने उनले बताए । दुई दिने संचालन हुने प्रतियोगितामा करिब ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १५ का वडाअध्यक्ष तथा क्लबका सल्लाहकार डम्बर बहादुर भण्डारीले जनप्रतिनिधिहरुले प्रतिवद्घता अनुसार खेल क्षेत्रमा काम गरेको दाबी गरे । करीब २ करोड ५० लाख लगानीमा सेमलार कबर्ड हल अन्तिम चरणमा पुगको उनले बताए । कार्यक्रममा खेलप्रेमी जिवकान्त काफ्ले, पुर्ण प्रसाद काफ्ले, गंगा नेपाल, शिव राना, सचिव नारायण प्रसाद भुषालले सेमलार खेलकुद हबका रुपमा विकास गर्ने लक्ष्य अनुसार सबै लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : १७ बजे

निर्वाचन आउन एक दिन बाँकी : सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत