५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाल सम्वतमा विविध कार्यक्रम हुने



बुटवल । नेपाल सम्वत ११४२ को अवसरमा नेवाः समाज विकास परिषद, बुटवल रुपन्देहीले वृहत सचेतना मुलक साईकल रयाली गरि मनाउने भएको छ ।

शंखध्वर साख्वाले तत्कालिन समयमा आफै सम्पतिबाट किसानलाई ऋण मिनाहा गराएर जनतालाई स्वतन्त्र बनाएको दिनको रुपमा नेपाल सम्वत मनाईदै आएको छ ।

रुपन्देहीमा क्रियाशिल नेवा संस्थाहरुको आयोजनामा कार्तिक १९ गते गर्ने भएको संयुक्त बैठकले निर्णय गरेको हो । संयुक्त राष्ट्र संघमा नेपालको भाषा र सम्वतका रुपमा रन्जनालिपि र नेपाल सम्वत मान्यता पाएको हुदा पनि यो सबै नेपालीको साझा सम्वत भएको नेवा पुच, नेवा समाज विकास परिषदका अध्यक्ष काजीमान श्रेष्ठले बताए ।

नेवा सेवा समितिका अध्यक्ष चिरिन्जवी श्रेष्ठ, नेवा समाज अर्घाखाचीका अध्यक्ष बाबुराम श्रेष्ठ, हुमिन नेवा पुचका अध्यक्ष डिल्ली कुमार श्रेष्ठ, भिं द्य नेवा पुचका अध्यक्ष सृजना श्रेष्ठ, गणेश नेवा समाजका अध्यक्ष गुप्त बहादुर प्रधान, तिलोत्तमा नेवा मैजु खलका कोषाध्यक्ष यमुना श्रेष्ठ, पुचका सचिव लक्ष्मी श्रेष्ठले धर्म संस्कृतिको जर्गेनामा सबै एकतावद्ध भएर लाग्नुपर्ने बताए ।

कार्यक्रम आयोजनाका लागि ज्ञानी पोली टयाक र बाग्मती मोटरसाईकल सेन्टरले टिसर्ट सौजन्य भएको पुचका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रबिन्द्र कक्षपतिले बताए ।

रुपन्देहीका आधा दर्जन साईकल क्लबहरुको सहकार्यमा हुने कार्यक्रममा नेवा पुच भवनबाट शुरु भएर बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका सहित नगर परिक्रमा गरेर पुल्चोक दुर्गा मन्दिरमा समापन गरिने उनले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : १५ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान