२२ भदौ २०८३, सोमबार | September 7, 2026

एमालेका सांसदहरूले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित



बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको प्रदेश सभाको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गरेपछि आधा घण्टाका लागि स्थगित भएको हो ।

सभामुख पुर्ण बहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले आफुहरूको माग पूरा नभएसम्म सदन चल्न नदिने भन्दै नाराबाजी सुरु गरेका थिए ।

एमालेका प्रदेश सभा सदस्यहरूद्वारा लगातार आधाघण्टासम्म नाराबाजी जारी राखेपछि सभामुख घर्तीले आधाघण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

आजको बैठकमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, वन, वातावरण तथा भू(संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भई निर्णयार्थ पेस हुने कार्यसूची रहेको थियोे ।

एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  २ : ३५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार