१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागमतीका मुख्यमन्त्री पाण्डेसहित ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशप्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ ३० बजे मुख्यमन्त्री पाण्डेलाई शपथ दिलाएका हुन् ।

पाण्डेसँगै माओवादी केन्द्रबाट कुमारी मोक्तान, कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको सपथ लिएका छन् ।

मोक्तान समाजिक विकास मन्त्री, भँडेल भौतिक पूर्वाधार मन्त्री र खनाल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्लले हिजो पदबाट राजीनामा दिएपछि गठबन्धन दलहरुको तर्फबाट पाण्डेले ५९ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

नेकपा एमालेको एकल बहुमतको सरकार रहेको बागमतीमा एमाले विभाजनसँगै शाक्यको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री रहेको दल विभाजन भएपछि एकमहिनाभित्र अनिवार्य रुपमा प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण निवर्तमान मुख्यमन्त्री शाक्यले विश्वासको मत मागेकी थिइन । तर, उनी स्पष्ट अल्पमतमा रहेपछि मत विभाजन हुनुअघि नै उनले राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ३ : ५५ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या