२८ माघ २०८२, बुधबार | February 12, 2026

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम अनिश्चितकालका लागि बन्द



काठमाडौं । ६ महिना पछि खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम खुलेको २ दिन नबित्दै अनिश्चितकालका लागि बन्द गरिएको छ । अनलाइन प्रणालीमा बिहीबार दिउँसोदेखि प्राविधिक समस्या देखिएको भन्दै यातायात व्यवस्था विभागले अर्को सूचना नगर्दा सम्मका लागि आवेदन बन्द गरेको हो । पोर्टलमा समसस्या देखिएको र त्यसको मर्मतका लागि सेवा बन्द गरिएको विभागले जनाएको छ ।

विभागले बिहिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै आवेदन बन्द गरिएकोबाट सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि क्षमा समेत मागेको छ । गत बैशाख १७ गते देखि बन्द रहँदै आएको लाइसेन्सको आवेदन गत मंगलबारबाट मात्र खुल्ला गरिएको थियो ।

मुलुकमा कोरोना संक्रमणको महामारी बढ्दै गएपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण विभागले आवेदन लिन बन्द गरेको थियो । पुराना आवेदनको ट्रायल तथा लाईसेन्स वितरण गरेपछिमात्र नयाँ आवेशदन लिने अडानमा रहेको विभागलाई चौतर्फी दबाव आएपछि पुराना आवेदनको काम तामेल नहुँदै मंगलबारबाट आवेदन खोलिएको थियो । ढिलागरी खुलेको पोर्टलमा एकैपटक आवेदकको चाप पर्दा समस्या आएको विभागले जनाएको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ०९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी