३ पुस २०८२, बिहिबार | December 18, 2025

कर्मचारी समायोजन अदालतबाट धमाधम उल्टिँदै



काठमाडौँ । ३ वर्ष अघि तत्कालिन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको समायोजनलाई सर्वोच्च अदालतले धमाधम उल्ट्याउन थालेको छ ।

समायोजन उल्टयाउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका कर्मचारीको हकमा अदालतले समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश दिएको छ । ३४ जना कर्मचारीको हकमा भने अदातलले अन्तिम फैसला हुँदा सोही बमोजिम हुने गरी तत्काल संघमा समायोज गर्न अदालतले आदेश दिएको छ ।

संघीय मामिला मन्त्रालयका सहसचिव नारायण अर्यालले अहिलेसम्म एक सय ९८ कर्मचारीको हकम समायोजन कार्यान्वयन तत्काल नगर्न अदालतबाट अन्तरिम आदेश आएको बताए ।

तीमध्ये ३४ जना कर्मचारीलाई संघमा हाजिरी गर्न लगाइएको र बाँकि कर्मचारीहरूलाई संघमा हाजिरी गराउने प्रक्रिया सुरु गरिएको उनले बताए । उनका अनुसार समायोजन उल्ट्याउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका ४ सय ८७ जना कर्मचारीको मुद्दा अहिले विचाराधीन अवस्थामा छ ।

समायोजन उल्ट्याइएका एक सय ९८ जना कर्मचारीमध्ये २ जनाको समायोजन पुनारावेदन र बाँकी एक सय ९६ वटा मुद्दा सर्वोच्चबाट उल्ट्एिका छन् । आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ३७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका