२ कार्तिक २०८३, सोमबार | October 19, 2026

चितवनमा महाभारतको लडाईं हुँदैछ, कौरवलाई जिताउने कि पाण्डवलाई – फैसला जनताले गर्नेछन् : प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले चितवनमा महाभारतको लडाईं हुन लागेको बताएका छन् ।

शुक्रबार बिहान भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामाना आदानप्रदान र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवनमा पाण्डव र कौरवबीचको लडाईं हुने दाबी गरेका हुन् । प्रचण्डले महाभारतको प्रसंग कोट्याउँदै जनता र बैरीका बीचमा लडाइँ सुरू हुन लागेको दाबी गरे । प्रचण्डले भने, ‘फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ । तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ।’

‘जनताले जित्ने कि जनताका बैरीले जित्ने भन्ने फैसला चितवनबाट हुँदैछ’, ‘कौरवलाई जिताउने कि पाण्डवलाई त्यसको फैसला तपाईंहरूले गर्ने हो । ऐतिहासिक क्षणमा आफ्नो ताकत राम्रैसँग देखाउनुपर्छ।’

अध्यक्ष प्रचण्डले आफुले आगामी निर्वाचन चितवनबाटै लड्ने भनाइ दोहोर्याए । एमालेले बुटवलमा गर्न लागेको महाधिवेशन चितवनमा सारेको विषयलाई चुनवासँग जोड्दै प्रचण्डले आफुलाई हराउने उद्देश्यले एमालेले महाधिवेशनस्थल सारेपनि त्यसबाट फरक नपर्ने बताए । राम, सीताको विषय उठाउँदा त्यसबाट पार नलागेपछि केपी शर्मा ओलीले एकपटक आफुमाथि प्रहार गर्न महाधिवेशन चितवन सारेको प्रचण्डको भनाइ थियो । ‘एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि अब प्रचण्ड भाग्छ र बर्दिया जान्छ कि कालिकोट जान्छ भनेर काठमाडौंमा भनियो । मैले अस्ति पनि भनेँ, म कहीँ जान्न । म चितवन छोड्दिनँ । म भाग्ने मान्छे हुँदै होइन,’ प्रचण्डले भने ।

उनले आगामी निर्वाचनमा माओवादी ठूलो शक्ति बनेर उदाउने दाबी पनि गरे। केही मान्छेले माओवादीलाई परास्त नगरेसम्म यो देशमा केही पनि हुँदैन भन्न थालेको हुँदा सजग सचेत रहन प्रचण्डले कार्यकर्तालाई आग्रह गरे ।

 

 

 

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : ३९ बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३