१२ आश्विन २०८३, सोमबार | September 28, 2026

चोलेन्द्र पक्राउ प्रकरणमा बोले प्रचण्ड : ‘छोरी कुटेर बुहारी तर्साउन खोजिए’ सरकारका लागि घातक हुने



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानन्यायाधीश पक्राउ प्रकरणमा मुख खोलेका छन् । उनले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समसेर जवरालाई पक्राउ गरिएको प्रकरणलाई ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारले देखाएको टिप्पणी गरेका छन् ।

सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताए ।

उनले बिना कारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले मूल्य धेरै ठूलो चुकाउनुपर्ने टिप्पणी गरे । यस्ता घटना नदोहोर्‍याउन उनले सरकारलाई आग्रह समेत गरे ।

सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी गर्दै सरकारबाट पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट भनिएको उनको भनाइ थियो । प्रचण्डले साँच्चै ‘सुरक्षा थ्रेट’ थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने बताए ।

‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ प्रचण्डले भने, ‘सुरक्षा थ्रेट हो सुरक्षाकर्मी बढाइदिन पर्‍यो नि ।’

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १ : १२ बजे

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम

चोलेन्द्र पक्राउ प्रकरणमा बोले प्रचण्ड : ‘छोरी कुटेर बुहारी तर्साउन खोजिए’ सरकारका लागि घातक हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग

सुनचाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

प्रहरी नियन्त्रणमा ११ घन्टा बसेका पूर्वप्रधानन्यायाधीश जबराले मागे सुरक्षा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि