७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानन्यायाधीशलाई नेपाल बारको ५ दिने अल्टिमेटम, इजलासमा नबस्न माग



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाका लागि नेपाल बार एशोसिएसनले ५ दिने अल्टिमेटम दिएको छ । शुक्रबार बसेको नेपाल बारको कार्यसमितिको बैठकले ५ दिनभित्र राजीनामा दिएर मार्ग प्रसस्त गर्न अल्टिमेटम दिएको हो । बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको उपाध्यक्ष अधिवक्ता रक्षा बस्यालले जानकारी दिइन् ।

बारले आह्वान गरेको आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आग्रह गरिएको उनले बताइन् ।

बस्यालका अनुसार बुधबार सम्मपनि राजीनामा नआए थप सशक्त विरोध कार्यक्रम घोषणा बारको बैठकले निर्णय गरेको छ । बारले प्रधानन्यायाधीस जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले राजीनामा दिन भनेको छ । प्रधानन्यायाधीशलाई सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न समेत बारले माग गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई