६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाँके र रुपन्देहीमा खैरो हिरोइन सहित ३ जना पक्राउ



बुटवल । बाँके र रुपन्देहीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ६ ग्राम बढी खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले ३ ग्राम सहित २ जना र रुपन्देही प्रहरीले ३ ग्राम ३०० मिलिग्राम खैरो हिरोइन सहित १ जनालाई पक्राउ गरेको हो ।

बाँके प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेको समयमा भारतको रुपैडियाबाट नेपालगन्ज तर्फ आईरहेका दाङ तुलसीपुर १ का २२ वर्षिय प्रकाश बिक र ३६ वर्षिय समिर बिकबाट सो हिरोईन बरामद गरेको हो । उनीहरुले क्यानभर्स जुत्ता भित्र लुकाएर नेपाल आउँदै गर्दा इलाका प्रहरी कार्यालय जमुनाहाको लागु औषध ब्यूरोले पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

यता रुपन्देहीको कञ्चन गाँउपालिका १ सानो उकालीकी ४८ वर्षिया सिमाकुमारी श्रीस मगरको साथबाट खैरो हिरोइन बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा श्रीसको घर खानतलासी गर्दा लागु औषध हिरोईन फेला पारेको थियो ।

पक्राउ परेकाहरुलाई लागु औषध विरुद्धको ऐन बमोजिम मुद्दा दर्ता गराई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : २३ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको