८ बैशाख २०८१, शनिबार | April 20, 2024

बाँके र रुपन्देहीमा खैरो हिरोइन सहित ३ जना पक्राउ



बुटवल । बाँके र रुपन्देहीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ६ ग्राम बढी खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले ३ ग्राम सहित २ जना र रुपन्देही प्रहरीले ३ ग्राम ३०० मिलिग्राम खैरो हिरोइन सहित १ जनालाई पक्राउ गरेको हो ।

बाँके प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेको समयमा भारतको रुपैडियाबाट नेपालगन्ज तर्फ आईरहेका दाङ तुलसीपुर १ का २२ वर्षिय प्रकाश बिक र ३६ वर्षिय समिर बिकबाट सो हिरोईन बरामद गरेको हो । उनीहरुले क्यानभर्स जुत्ता भित्र लुकाएर नेपाल आउँदै गर्दा इलाका प्रहरी कार्यालय जमुनाहाको लागु औषध ब्यूरोले पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

यता रुपन्देहीको कञ्चन गाँउपालिका १ सानो उकालीकी ४८ वर्षिया सिमाकुमारी श्रीस मगरको साथबाट खैरो हिरोइन बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा श्रीसको घर खानतलासी गर्दा लागु औषध हिरोईन फेला पारेको थियो ।

पक्राउ परेकाहरुलाई लागु औषध विरुद्धको ऐन बमोजिम मुद्दा दर्ता गराई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : २३ बजे

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता