१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

को हुन् योगका पिता महर्षि पतञ्जली ?



काठमाडौं । पतञ्जली प्राचीन समयका महान आध्यात्मिक अगुवा हुन्, जसले आध्यात्मिक बाटोमा दिशानिर्देश गर्नका लागि ‘योगसूत्र’को रचना गरे। उनले विभिन्न चरण व्याख्या गर्दै अनन्तसम्म पुग्न हरेक व्यक्तिले अन्तर्यात्रा गर्नुपर्ने उल्लेख गरेका छन् ।

एउटा नीतिकथा अनुसार उनी आकाशबाट सर्पको रुपमा आइमाईको हातमा खसेको हुनाले उनको नाम ‘पतञ्जली’ रहन गएको हो ।पतञ्जलीको जीवन इतिहास करिब-करिब अज्ञात जस्तै छ । यो पूरापुर कहानी र विरोधाभाषले भरिएको छ। पतञ्जलीको जन्मको बारेमा त्यस्तो स्पष्ट प्रमाण कतै भेटिँदैन ।

पतञ्जलीको जन्ममितिबा रे उल्लेख गरिएको मितिमा एकरुपता पाइँदैन । अधिकांश विद्वानहरुले पतञ्जलीको जन्म ईशापूर्व तेस्रो शताब्दीमा भएको उल्लेख गरेका छन् भने अन्य विद्वानहरुले भने उनको जन्म ईशापूर्व चौथो शताब्दीमा भएको जनाएका छन् । पछिल्ला लेखकहरुले पतञ्जलीबारे आफ्नै तरिकाले व्याख्या गरेकाले अन्योल रहेको भेटिन्छ । उनी नेपाल, कश्मीर, श्रीलंका र भारतमा विभिन्न स्थानमा बस्ने गर्थे भनी विभिन्न धार्मिक ग्रन्थमा ल्लेख भएको पाइन्छ ।

पतञ्जलीको बारेमा मत्स्य, वायु र स्कन्द पुराणमा व्याख्या गरिएको छ, जसअनुसार उनी व्यास र पाणिनीका समकालीन हुन भन्न सकिन्छ । भनिन्छ, परापूर्व कालमा ऋषिहरु योगको अपार शक्तिले गर्दा हजारौं वर्षसम्म बाँच्ने गर्थे । उनीहरुसँग इच्छाअनुसार बाँच्न र मर्न सक्ने व्यापक क्षमता थियो । यही कारणले गर्दा वर्तमान समयसम्म पनि ऋषिको उपस्थिति महसुस गर्न सकिन्छ । पुराणमा ऋषिहरुको कुनै निश्चित उमेर नै नहुने भनी उल्लेख छ । पतञ्जली पनि त्यस्तै शक्तिशाली ऋषि थिए । अधिकांश अनुसन्धाताले अहिलेसम्म पनि पतञ्जलीकै योगसूत्रमा आधारित रहेर आफ्नो काम गर्दै आएका छन् । यद्यपि, पतञ्जली आफैं चाहिँ धेरै पहिलेको समयमा बाँचेका हुन सक्छन् ।

पतञ्जलीको आध्यात्मिक शक्ति र जन्मका बारेमा विभिन्न कथाहरु रहेका छन् । तर, सत्य चाहिँ के हो भने उनको जीवनको बारेमा कसैलाई धेरै जानकारी छैन, उनी बाँचेको बेला पनि होइन। तथापि, हामी उनलाई उनको कामबाट चिन्ने गर्छौ ।

महर्षि पतञ्जली भगवान विष्णुको ‘नागस्वरुप’ आदिशेषका रुपमाका रहेका थिए भन्ने विश्वास गरिन्छ, जसलाई विष्णुको पहिलो अहम् विस्तार पनि मानिन्छ । प्राचीन ग्रन्थहरुका अनुसार पतञ्जलीलाई हजारौं टाउका भएका नागराज, जसलाई अनन्त शेष भनिन्छ, का अवतार मानिन्छ । त्यही भएर कतैकतै उनलाई आधा मानव र आधा नागको रुपमा पनि चित्रण गरिएको पाइन्छ ।

पतञ्जलीलाई आधुनिक योगका पिता र योगसूत्रका प्रणेता मानिन्छ । प्राचीन समयमा हजारौं वर्षसम्म योग मौखिक परम्पराबाट हस्तान्तरण हुँदै आएको थियो । पतञ्जली योग हिन्दु दर्शनमा एउटा चर्चित दर्शन हो । पतञ्जलीले धेरै पुराना ज्ञानबाट योगलाई संश्लेषित र व्यवस्थित गरे। योगसूत्र शास्त्रीय योगदर्शनको आधारभूत टेक्स्टमध्ये एक हो ।

महर्षि पतञ्जलीलाई योगसूत्रको कम्पाइलर र पाणिनीको अष्टध्यायीको महाभाष्यकर्ता (टिप्पणीकार) मानिन्छ । योगसूत्रको चार च्याप्टरमा १ सय ९६ संस्कृत सूत्रहरु व्यवस्थित गरिएको छ। योगसूत्र ईशापूर्व ५ सय र २ सय संग्रह गरिएको थियो । विषयअनुसार पतञ्जली योगसूत्रका चार च्याप्टरलाई विषयअनुसार समाधि पाद, साधना पाद, विभूति पाद र कैवल्य पाद भनी नामकरण गरिएको छ ।

पतञ्जली योगसूत्रको पहिलो च्याप्टरमा रहेको समाधि पादले योगको परिभाषा र उद्देश्यबारे व्याख्या गर्छ । दोस्रो च्याप्टरमा रहेको साधनापादले योगको लक्ष्य प्राप्त गर्ने आठ मार्ग (अष्टांग योग) को बारेमा व्याख्या गर्छ । अष्टांग योगमा यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको बारेमा चर्चा गरिएको छ । कैवल्य पादमा भक्ति, कर्म र ज्ञानको मार्गबारे व्याख्या गरिएको छ । पतञ्जलीको योगसूत्रलाई कतिपयले राजयोग भनी सम्बोधन गरेको पाइन्छ ।

अष्टांग योगअन्तर्गत यम भन्नाले समाजमा पालना गर्नुपर्ने आचारसंहिता भन्ने बुझिन्छ । नियम आफूलाई अनुशासित राख्ने अपनाउनुपर्ने गाइडलाइन हो । योग-ध्यान गर्दा अपनाइने शरीरको अवस्थालाई आसन भनिन्छ । प्रणायाममा प्राणशक्तिलाई नियन्त्रणमा राखिन्छ। प्रत्याहार आफ्नो इन्द्रियहरुलाई काबुमा राख्न सक्नु हो । धारणा भन्नाले कुनै वस्तुमा एकाग्रता रहनु हो । ध्यान अन्तर्यात्राको मुख्य माध्यम हो। समाधि भन्नाले परमात्मासँग एकाकार हुने अवस्था हो ।

पछिल्लो समय पतञ्जलीको योगसूत्रलाई विभिन्न भाषामा बृहत् व्याख्या गरिएको पाइन्छ । उनले आयुर्वेदका किताब पनि लेखेका छन् । पतञ्जलीको शिक्षालाई गहन र प्रेरणादायी मानिन्छ । त्यही भएर पनि उनी हजारौं वर्षदेखि सबैका स्मरणीय बनेका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : ३० बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण