२ कार्तिक २०८३, सोमबार | October 19, 2026

प्रचण्डद्वारा जसपासँग पार्टी एकताको प्रस्ताव, मधेश माओवादीमय बन्ने दाबी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकता प्रस्ताव गरेका छन् ।

शनिबार सर्लाहीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले ढिला नगरी पार्टी एकता गर्न जसपालाई सार्वजनिक प्रस्ताव गरेका हुन् । प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई सम्बोधन गर्दै छिटो पार्टी एकता गर्नुपर्ने बताए । प्रचण्डले भने, म महेन्द्रजी, उपेन्द्रजीलाई हार्दिकतापूर्वक भन्छु – पार्टी एकता गरौं, ढुक्कै । गठबन्धन त बनाएकै छौं । अब एउटै पार्टी बनाऔं । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ? क्षेत्रीय पार्टीबाट मधेसी जनताको पनि मुक्ति हुन्न । पहाडीया जनताको पनि मुक्ति हुन्न ।’

प्रचण्डले पार्टीलाई अलगअलग नबनाई महासागर बनाउन गरिरिएर हेर्न आग्रह गरे । उनले पार्टी एकता भएमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमी नहुने बताए । उनले भने,

प्रचण्डले पार्टी एकताको प्रस्ताव मन परेन भने जसपामा पनि केही पाक्यो भन्ने बुझे हुने टिप्पणी गरे । उनले भने, ‘त्यसपछि तपाईहरुमा पनि केही पल्क्यो भन्ने बुझे हुन्छ, भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन ।

प्रचण्डले अब मधेश माओवादीमय बन्ने दाबी समेत गरे । उनले मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने भएकाले माओवादीमय बन्नुको विकल्प नभएको जिकिर गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : २१ बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३