२१ असार २०८३, आइतबार | July 5, 2026

प्रचण्डद्वारा जसपासँग पार्टी एकताको प्रस्ताव, मधेश माओवादीमय बन्ने दाबी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकता प्रस्ताव गरेका छन् ।

शनिबार सर्लाहीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले ढिला नगरी पार्टी एकता गर्न जसपालाई सार्वजनिक प्रस्ताव गरेका हुन् । प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई सम्बोधन गर्दै छिटो पार्टी एकता गर्नुपर्ने बताए । प्रचण्डले भने, म महेन्द्रजी, उपेन्द्रजीलाई हार्दिकतापूर्वक भन्छु – पार्टी एकता गरौं, ढुक्कै । गठबन्धन त बनाएकै छौं । अब एउटै पार्टी बनाऔं । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ? क्षेत्रीय पार्टीबाट मधेसी जनताको पनि मुक्ति हुन्न । पहाडीया जनताको पनि मुक्ति हुन्न ।’

प्रचण्डले पार्टीलाई अलगअलग नबनाई महासागर बनाउन गरिरिएर हेर्न आग्रह गरे । उनले पार्टी एकता भएमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमी नहुने बताए । उनले भने,

प्रचण्डले पार्टी एकताको प्रस्ताव मन परेन भने जसपामा पनि केही पाक्यो भन्ने बुझे हुने टिप्पणी गरे । उनले भने, ‘त्यसपछि तपाईहरुमा पनि केही पल्क्यो भन्ने बुझे हुन्छ, भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन ।

प्रचण्डले अब मधेश माओवादीमय बन्ने दाबी समेत गरे । उनले मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने भएकाले माओवादीमय बन्नुको विकल्प नभएको जिकिर गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : २१ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल