२८ माघ २०८२, बुधबार | February 12, 2026

जनगणनाका गणकलाई प्रशिक्षण



बुटवल । राष्ट्रिय जनगणनामा खटिने गणकहरुलाई प्रशिक्षण दिन शुरु गरिएको छ । बुटवल उपमहानगरको गणनामा खटिने गणकहरुका शनिबार देखि ४ दिने शुरु भएको हो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्यले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै यसपटक घर, जनावर र मानिसको गणना हुने भएकाले पनि गणनाबाट आउने तथ्याँक महत्वपुर्ण हुने बताईन । उनले अहिले तयार गरिएको जनगणनाको फर्म विशिष्ट किसिमको भएकाले बैज्ञानिक रुपरेखा प्राप्त गर्न सहयोग हुने बताईन ।

कार्यक्रममा विश्व हिन्दु महासंघका बेन बहादुर पौडेलले नेपाल ८४ प्रतिशत हिन्दुहरु रहेको देश भएको भन्दै जाति र धर्मको विषयमा हस्तक्षेप हुन नहुने बताए । यसपटक धर्मको खण्डमा ११ उपविधा राखिदा हिन्दु धर्म घटने देखिएको बताए ।

कार्यक्रममा केन्द्रीय तथ्याक विभागका निर्देशक रामहरि गैरे, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल ख का जनगणना प्रमुख सुरेन्द्र पाण्डे, लुम्बिनी प्रदेश जनगणना कार्यालयका प्रमुख कृष्णराज पाण्डे, स्थानिय जनगणना कार्यालय, बुटवलका प्रमुख कोपिला ज्ञवाली, सुपरिवेक्षण सृजना अधिकारी लगायतले राज्यलाई आवश्यक पर्ने तथ्याक उपलब्ध गराउने एउटा महत्वपुर्ण पाटो भएको भन्दै सबै गणकहरु तालिममा ध्यान दिएर कार्यक्षेत्रमा लाग्न सुझाव दिए । चार दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रशिक्षक युवराज पन्थी, रोमनाथ घिमिरे, बिष्णु प्रसाद पन्थि, सन्तोष भट्टराईले सहजिकरण गरेका थिए । करीब २ सय २५ बढि गणकहरुलाई तालिम दिईने जन गणना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : ३३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी