१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप : चट्टान बने हेभी वेट च्याम्पियन



दोलखा । पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि चट्टानले जितेका छन् । दोलखा चरिकोटको भ्युटावर स्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन् ।

आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे । बेल्ट सहित उनले १ लाख ५० हजार रुपैयाँ सहित हात पारेका छन् ।

प्रदेश खेलकुदविकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङको आयोजना गरेको हो । खेलसँगै जिल्लाको पर्यटकीय प्रवद्र्धन गर्ने उद्धेश्यले रेस्लिङको प्रदर्शन समेत गरिएको थियो ।

प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे । ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने । उपाधि सहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे । ट्रिपल थ्रेट हार्ड कोरको विजेता द युभबने हात पारे । उनले १ लाख २०हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथी युवातथा खेलकुद मन्त्री महेश्वर गहतराजले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री गहतराजले खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीयतहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताए ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले यस प्रकारका प्रतियोगिता आयोजनागर्न स्थानीयतह आफै सक्रिय बन्नुपर्ने बताए । उनले केन्द्र, प्रदेश र स्थानीयतहको सहकार्यबाट मात्र खेलकुद पर्यटनको विकास गर्न सकिने धारणा राखे ।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले रेस्लिङ खेलप्रति दोलाखाबासीले देखाएको सद्भावका लागि धन्यवाद दिईन् । उनले प्रतियोगिता आयोजनाका लागि प्रदेश सरकार र स्थानीय सरकारले प्रदान गरेको सहयोगको प्रशंसा गरिन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : २१ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या