२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट : इंग्ल्याण्डको लगातार तेस्रो जित



काठमाडौं । इंग्ल्यान्डले आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार सुपर-१२ को समूह-१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ ।

जितका लागि १२६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनायो । इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल आउट भयो । अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो ।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्डले ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ जित र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : ५९ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र