११ बैशाख २०८१, मंगलबार | April 23, 2024

इंग्लिस प्रिमियर लिग : सिटी स्तब्ध, युनाइटेड चेल्सी विजयी, लिभरपुल रोकियो



काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल) मा शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले जित हात पार्दा लिभरपुल बराबरीमा रोकिएको छ भने म्यानचेस्टर सिटी स्तब्ध भएको छ ।

शनिबार राती भएको खेलमा युनाइटेडले टोटनहमलाई ३-० गोल अन्तरले पराजित गर्दा चेन्सीले न्युक्यासल युनाईटेडलाई समान गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुल ब्राइटनसँग २-२ को बराबरीमा रोकिँदा सिटी घरमै क्रिस्टल प्यालेससँग २-० ले स्तब्ध भएको हो । अन्य खेलमा आर्सनलले लेस्टरलाई २-० ले हरायो । साउथह्याम्पटनले वाट्फोर्डलाई १-० ले हराउँदा बर्नलीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

खेलसँगै चेल्सी १० खेलबाट २५ अंकसहित पहिलो स्थानमा छ । २२ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा म्यानचेस्टर सिटी २० अंकसहित तेस्रो स्थानमा छ । समान १७ अंकका साथ वेस्ट ह्याम, म्यानचेस्टर युनाइटेड र आर्सनल समान १७ अंक सहित चौथो, पाँचौ र छैटौं स्थानमा छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ०२ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम