१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

साढे सात अर्बको भेरी पम्पिङ खानेपानी आयोजना, तिहार लगत्तै टेण्डर हुने



सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगर भएसँगै दिनहुँजसो जनघनत्व बढ्दै गएको छ । प्रदेशमा बढ्दो जनसंख्यासँगै पानीको पनि अभाव हुँदै गएको छ । त्यसका लागि भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।

वर्षौं पहिलेदेखि भेरीको पानी ल्याउने योजना बने पनि अब भने त्यसले सार्थकता पाउन लागेको हो । आयोजनाको निर्माण पूर्वको कामले गति लिएको हो । योसँगै आयोजनाको भौतिक संरचना निर्माणको बाटो खुलेको छ ।

विश्व बैंकको लगानीमा बन्न लागेको उक्त आयोजना निर्माणको काम छिट्टै सुरू हुने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । ‘प्राविधिक रिपोर्ट तयार भयो,’ उनले भने, ‘उपभोक्ताका तर्फबाट थालिएको पहलको यो ठूलो उपलब्धी हो।’ सुर्खेत उपत्यका खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारीले आयोजना निर्माणका लागि तिहारलगत्तै टेण्डर हुने बताए ।

उनका अनुसार सात अर्ब ५२ करोड लागतमा सम्पन्न हुने अनुमान गरिएको यो आयोजना निर्माण भएपश्चात वीरेन्द्रनगरमा पाँच सय लिटर प्रतिसेकेन्ड पानी झर्ने छ ।

आयोजना सञ्चालनका लागि संघीय र प्रदेश सरकारले छुट्टाछुट्टै टेण्डर गर्ने

आयोजना सञ्चालनका लागि संघीय र प्रदेश सरकारले छुट्टाछुट्टै टेण्डर गर्नेछन् । छिटो-छरितो योजना सम्पन्न गर्न यस्तो तयारी गरिएको हो । टेण्डर भएको तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यसका लागि पहिलो चरणको टेण्डर कात्तिक महिनाभित्रै गर्ने तयारी थालिएको हो । काफ्लेका अनुसार पहिलो चरणमा रिभर इन्टेक, पानी प्रशोधन केन्द्र, म्यान लाइन, पम्पिङ स्टेशन र अमृतडाँडामा पानी पोखरी बनाइने छ । अमृतडाँडामा तीन वटा ट्याङ्की बन्ने छन ।

अमृतडाँडा उपत्यकाको दक्षिण पूर्वी भागमा रहेको अग्लो डाँडा हो । त्यहाँ १२ हजार क्यूफिट लिटरका ट्याङ्की बनाउने योजना विभागको छ । उपत्यकामा पानी ल्याइएपछि पुरानै सिस्टममा जडान गरी पानी सञ्चालन गर्ने तयारी रहेको बताए ।

भेरी पुुल र झुप्रा खोलाको दोभानभन्दा झन्डै पाँच सय ७४ मिटर माथिबाट पानी ल्याउन लागिएको छ । उक्त स्थानबाट अमृतडाँडासम्म पानी ल्याउन करिब दुई अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान विभागले यसअघि नै गरेको छ ।

प्राविधिकहरूका अनुसार वीरेन्द्रनगर उपत्यकामा पानी ल्याउँदा सात किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्ने हुन्छ । उपत्यकामा पानी वितरण गर्न संरचना निर्माणमा चार अर्ब बढी खर्च हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ०८ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित