१० श्रावण २०८३, आइतबार | July 27, 2026

विश्व सहरीकरण दिवस : सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर



काठमाडौं । आज ३१ अक्टोबर अर्थात विश्व सहरीकरण दिवस । विश्वव्यापी सहरीकरणको अवसर, सहरीकरणका चुनौतीका सामना तथा सहरका एक आपसमा सहयोगका आदान-प्रदान गर्दै सहरी विकासका लागि योगदान पु¥याउने उद्देश्यका साथ विश्वभर विश्व सहरीकरण दिवस मनाइँदै छ ।

‘प्रमुख सहरी रूपान्तरण’ मूल नाराका साथ सन् २०१४ मा चीनमा पहिलो पटक सहरीकरण दिवस मनाइएको थियो । यस वर्ष ‘जलवायु लचिलोपनका लागि सहरहरू अनुकूलन गर्ने’ नाराका साथ विश्व सहरीकरण दिवस मनाइँदै छ ।

संसारभर बाढी, खडेरी, समुन्द्री सतहमा आएको वृद्धि, बढ्दो गर्मी, पहिरो तथा आँधी जस्ता जलवायु सम्बन्धी प्रकोपको असर बढ्दै गएको सन्दर्भमा विश्व सहरीकरणको दिवसले खास अर्थ राख्छ ।

व्यवस्थित आवास, यातायात, संचार जस्ता दैनिकीलाई सहज बनाउने सबै किसिमका सेवासुविधायुक्त क्षेत्रलाई नै सहर भनिन्छ र यो हुनु वा बनाउनुलाई सहरीकरण भनिन्छ । तर, अहिले सहरीकरणको नाममा प्रकृतिक तथा सांस्कृतिक सम्पदालाई मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर छाएको छ । यस्ता गतिविधिले सहरलाई अस्तित्वहिन मानव बस्ती बनाउनु बाहेक अरु कुनै परिवर्तन गर्न सक्दैन ।

व्यवस्थीत सहरीकरणमा समयसँगै विकास भएका प्रविधिको प्रयोग हुनु एउटा पाटो भए पनि हाम्रा कला, सांस्कृतिक तथा सामाजिक पहिचानको पनि संरक्षण गर्नु अहिलेको आवश्यकता छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : २४ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले