२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आजबाट प्रधानन्यायाधीश जबरा विरुद्ध नेपाल बारको चरणबद्ध आन्दोलन (आन्दोलनका कार्यक्रमसहित)



काठमाडौं । पदीय आचरण विपरित काम गरेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले घोषणा गरेको चरणबद्ध आन्दोलन आज (आईतबार)बाट सुरु हुँदैछ ।

प्रधानन्यायाधीश जबराले पदीय गरिमा कायम गर्न नसकेको आरोप लगाउँदै बारले घोषणा गरेको पहिलो चरणको आन्दोलनमा नै जबरालाई पदबाट राजीनामा दिन माग गरिएको छ । सर्वोच्चमा बहस बहिस्कार गरेर आन्दोलीत भएका बार सम्बद्ध कानुन व्यवसायीहरुले आजदेखि निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा गरिने विरोध कार्यक्रमको घोषणा गरेका छन् ।

गत शुक्रबार नै आन्दोलन घोषणा गरेको बारले कानुन व्यवसायीलाई आजबाट कालो पट्टी बाँधेर विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

वर्तमान गठबन्धन सरकारमा प्रधानन्यायाधीशको समेत ‘भाग’ राख्न प्रस्ताव राखेको भन्ने खबर सार्वजनिक भएसँगै प्रधानन्यायाधीश जबराको विरोध सुरु भएको थियो । सर्वत्र विरोध भएपछि प्रधानन्यायाधीशका जेठान नाता पर्ने बाँकेका गजेन्द्र हमालले उद्योगमन्त्री पदमा सपथ खाएको ३ दिनमै राजीनामा दिएका थिए

यस्तो छ आन्दोलनको कार्यक्रम :

–मिति २०७८ कार्तिक १४,१५,१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालो पट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।

–मिति २०७८ कार्तिक १६ गते सर्वोच्च अदालत प्रांगणमा धर्ना तथा विरोधसभा गर्ने।

–न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसनको निर्णयको बारेमा ९० वटै बार एकाइहरूमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।

–नेबाएका ९० वटै बार एकाइहरूका अध्यक्ष र सचिवज्यूहरूसँग भर्चुअल छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने।

–उल्लिखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : २८ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर