३ पुस २०८२, बिहिबार | December 18, 2025

सरकारलाई राष्ट्रपति भण्डारीको प्रश्न : लुम्बिनीको विकास गर्न गुरुयोजना किन रोकिएको छ ? आन्तरिक कारण के–हो ?



बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध नेपाल र नेपालीको गारव भएको बताएकी छिन् । गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मेका कारण पनि बुद्धको जन्मस्थल नेपाल र नेपालीको गौरव भएको बताइन् ।

उनले बुद्ध दर्शनको मर्म र भावनाअनुसार चल्न सक्नुपर्ने उल्लेख गर्दै बुद्ध दर्शनको मर्म र भावनाअनुसार चल्न सक्यौँ भने देशको विकास हुने स्पष्ट पारिन् ।’ ‘म एउटै कुरा भन्छु, गौतम बुद्दको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो ।

विश्वमा कुनै पनि देशले कुनै न कुनै रूपमा बुद्धको सोँच र दर्शनलाई अपनाएको राष्ट्रपति भण्डारीले दाबी गरिन् । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उनले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के–हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सहयोगमा विहार बन्दा आफुलाई खुसी लागेको बताए ।

परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए । महानगरपालिकाको चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डलद्वार निर्माण भएको बज्राचार्यले जानकारी दिए ।

कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति भण्डारी आज बिहान ११ बजे हेलिकोप्टरमार्फत लुम्बिनी आएकी हुन् । उनलाई लुम्बिनीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सांसदरु डा सूर्य पाठक, खिमलाल भट्टराई लगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : ११ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय