८ मंसिर २०८३, मंगलबार | November 24, 2026

कोरोनाले कालीगण्डकी नदीमा र्‍याफ्टिङ ठप्प



पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण पवित्र कालीगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा वहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो ।

यो जलयात्राको पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना सङ्क्रमणका कारण विदेशी पर्यटक नआउँदा जलयात्रा ठप्प जस्तै बनेको पर्यटन व्यवसायीले बताएका छन् ।

कालीगण्डकीमा अङ्ग्रेजी महिनाको सेप्टेम्बर दोस्रो सातादेखि नोभेम्बरको मध्यसम्म जलयात्रा सञ्चालन हुने भए पनि गतवर्ष र यसवर्ष जलयात्रा ९र्‍याफ्टिङ०का लागि पर्यटक नआएको कालीगण्डकी र्‍याफ्टिङ कम्पनीका सञ्चालक होम पुनले जानकारी दिए ।

उनका अनुसार गत वर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या शून्यजस्तै भएको छ । अहिले केही आन्तरिक पर्यटकले जलयात्रा गर्नका लागि बुकिङ गरे पनि एकरदुई दिनका लागि मात्र भएको उनको भनाइ छ ।

विदेशी पर्यटक नेपाल भित्रिन नसकेकाले जलयात्रा ठप्प जस्तै बेनेको उनको भनाइ छ । कोरोना सङ्क्रमण न्यूनीकरण हुँदै गएको र अधिकांश मुलुकमा खोपसमेत विस्तार भइसकेकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिए पनि कुनै देशका पर्यटक नआएको पुनले बताए ।

सलोन र्‍याफ्टिङ एण्ड ट्रेकिङ एक्सपिडेसन कम्पनी काठमाडौँका प्रबन्ध निर्देशक देव रेग्मीले विदेशबाट जम्मा ५र७ प्रतिशत मात्र पर्यटक भित्रिएकाले र्‍याफ्टिङ व्यवसाय चौपट बनेको बताए । पछिल्लो समय भित्रिएका पर्यटकमध्ये अधिकांस ट्रेकिङमा रहेको र उनीहरु काठमाडौँ फर्किसकेपछि र्‍याफ्टिङको एउटा प्याकेज बनाउने तयारीमा रहेको उनले जानकारी दिए ।

विगत दुई वर्षअघि लामोसमय वर्षा भएकाले एकरदुई साता मात्र जलयात्राका प्याकेज सञ्चालन भएका थिए, अहिले कोरोनाले ठप्प जस्तै बनेको उनको भनाइ छ । पर्यटकको सङ्ख्या वृद्धि नभएसम्म कोरोना अघिको जस्तो जलयात्रामा पर्यटकको आकर्षण बढाउन मुस्किल हुने रेग्मीले जानकारी दिए ।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए । एक सिजनमा कम्तीमा पनि दुईदेखि तीन हजार पर्यटकले जलयात्रा गर्दै आएका थिए ।

कोरोनाले अग्रिम बुकिङ गर्ने, र्‍याफ्टिङ र ट्रेकिङ दुवैमा जाने पर्यटक शून्य जस्तै भएका छन् । रेग्मीले भने, “कालीगण्डकी नदीमा १० भन्दा धेरै कम्पनीले र्‍याफटिङ सञ्चालन गर्दै आएका थिए ।”

कुश्मा नगरपालिका-१ पाङस्थित नयाँ पुल तथा मालढुङ्गादेखि सुरु हुने र्‍याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ ।

कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोपियनमूलुक र अमेरिकी पर्यटकको रोजाइँमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।

नयाँ पुल-मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिकास्थित बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटक यात्रा तय गर्ने गर्दछन् ।

यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुस्माको आर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाईड नवीन केसीले बताए । जलयात्राका लागि विदेशी र स्वदेशी पर्यटकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ०० बजे

Your email address will not be published.

नारायणघाट-बुटवल सडकखण्डमा दुबो रोपिँदै

नवलपुर । चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट-बुटवल सडकको बीचमा

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक, द्विपक्षीय सहकार्यमा नयाँ आयाम थपियो : मन्त्री खनाल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौँ । नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

काठमाडौं । मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति

झापामा १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल बन्दै

झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन