१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि आज प्रदेश सभामा मत विभाजन हुँदै छ ।

यसका लागि आज मध्याह्न १२ः३० बजे प्रदेश सभाको बैठक बोलाइएको छ । बैठकमा मत विभाजनका लागि सबै तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेकपा ९एमाले० विभाजनसँगै प्रदेश १ मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनले आज विश्वासको मत पाउने सम्भावना न्यून रहेको छ ।

आइतबार बसेको विपक्षी दलको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीले नयाँ मुख्यमन्त्री बनाउने तयारी रहेका छन् ।

विपक्षी गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । आइतबार बसेको बैठकले निर्णय पनि गरिसकेको छ ।

प्रदेश १ मा विपक्षी गठबन्धनको बहुमत रहेको छ । ९२ सांसद रहेको प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ ।

एमालेका ४१ सांसद मात्रै छन् । विपक्षी गठबन्धनमा कांग्रेसका २१ जना, माओवादीका १५ जना, एकीकृत समाजवादीका १० जना, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ५५ बजे

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको