२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सर्वोच्चका न्यायाधीसहरुले बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि मात्र सुनुवाइ गर्दै



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आजका लागि ६ वटा इजलास तोकेका छन् ।

सहकर्मी न्यायाधीसहरु एक सातादेखि इजलास बहिस्कार गरेर आफै विरुद्ध आन्दोलनमा उत्रिएपछि दबाबमा परेका प्रधानन्यायाधीस राणाले आज आफु बाहेकका ६ वटा मात्र इजलास गठन गरेका हुन् ।
तर ती सबै इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ हुनेभएको छ । १० जना न्यायाधीशका लागि पेसी तोकिएको छ । जसमध्ये दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको छ ।

इजलास बहिस्कार गरिरहेका न्यायाधीसहरुले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनमा भने सुनुवाइ थालेका हुन् । बन्दी प्रत्यक्षीकरणबाहेकका निवेदन भने तोकिएका छैनन् ।

यसअघि बन्दी प्रत्यक्षीकरणको निवेदनका लागि एकल र संयुक्त गरी बढीमा दुई वटा मात्र इजलास गठन हुने गरेको थियो । तर, प्रधानन्यायाधीस जबराले न्यायाधीसकहरुको आन्दोलनकै बीच धेरै इजलास गठन भएको देखाउन ६ वटा गठन गरेका छन् ।

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : २३ बजे

‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल