८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालयमा सुधार हुँदैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश हटाउँदैमा न्यायालयमा सुधार नआउने बताएका छन् ।

प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन गएको नेपाल बारको टोलीसँग कुरा गर्दै अध्यक्ष ओलीले जबरालाई महाअभियोग लगाउँदैमा न्यायालयमा सुधार आउन नससक्ने बताएका हुन् ।

ओलीले अदालतलाई बिगार्न धेरै तत्वहरु लागेको दाबी गरे । ओलीले भने तपाईंहरुको कुरा थुप्रै जायज छ’ तर प्रधानन्यायाधीशको राजीनामा प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।’

ओलीले आफुहरुसँग महाअभियोग लगाउन आफुहरु निर्णायक नभएको बताए । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई इंगित गर्दै ओलीले उनीहरु नै महाअभियोग लगाउने पक्षमा नभएको प्रष्ट भएको जिकिर गरे । उनले सत्ता गठबन्धनले अदालतमा सेटिङ मिलाएकै कारण समस्या उत्पन्न भएको दाबी गरे ।

ओलीले प्रधानमन्त्री हुँदा अदालतमा लिखित जवाफ पठाउन मात्रै ५६ हजार हस्ताक्षर गरेको टिप्पणी गरे । आफूविरुद्ध धेरै मुद्दा परेको भन्दै उनले भने ‘हरेक माइन्युट अदालत लिएर जानुपरेको थियो ।’

 

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : ३६ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले