२२ माघ २०८२, बिहिबार | February 5, 2026

प्रथम तिलोत्तमा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ : आयोजक तिलोत्तमा तेक्वान्दो च्याम्पियन



बुटवल । प्रथम तिलोत्तमा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ को उपाधि आयोजक तिलोत्तमा तेक्वान्दो डोजाङले हात पारेको छ । आयोजक डोजाङले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै प्रथमस्थान हासिल गरेको हो ।

यसैगरि ४ स्वर्ण, ४ रजत पदक जित्दै बुटवल तेक्वान्दो डोजाङ दोस्रो भएको छ भने प्रभात सेकेण्डरी बोर्डिङ स्कुल ३ स्वर्ण, ३ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा आयोजक डोजाङका सक्सेस दर्जी तथा बुटवल डोजाङका सुस्मिता रामजालीमगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । तेक्वान्दो खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ गरिएको प्रतियोगिता उत्साह पूर्ण सहभागिताका कारण दुई दिन संचालन भएको सिमानगर ब्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले बताए ।

विजयी खेलाडीहरुलाई एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसुउद्दिन खान, तिनपा वडा नं. ४ का वडाअध्यक्ष दिवाकर ढकाल, नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोसिस बहादुर खड्का, नेपाल तेक्वान्दो संघ जिल्ला अध्यक्ष दिपेन्द्र बुढाप्रीत लगायतले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका गरेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ पुम्पे विधामा १५, १८, २१, २३, २५, २८, ३२, ३६, ४०, ४५, ५४, ५८, ६२ केजी तथा महिलातर्फ १६, २४, २७, ३०, ३४, ३७, ४०, ४८ केजी गरि १३ वटा पुरुष र ९ वटा महिला तौल समुहमा खेल भएको आयोजक डोजाङका अध्यक्ष विष्णु कुमार चौधरीले बताए । प्रतियोगितामा १८ वटा डोजाङका ४ सय खेलाडीहरु भाग लिएका थिए । प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयबाट ४० हजार रुपैया, सिमानगर टोल बिकास समितिबाट २५ हजार रुपैया सहयोग भएको समेत उनले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : ३५ बजे

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने