१७ बैशाख २०८१, सोमबार | April 29, 2024

देहरादुनमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका ५ खेलाडीलाई उपाधि



नेपालगन्ज । भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा बाँकेका पाँच खेलाडीले उपाधि हात पारेका छन् । मंसिर २९ देखि १ गते सम्म भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा एक जना प्रशिक्षक र पाँच जना खेलाडीले प्रथम स्थान हासिल गरेका हुन् ।

उत्तराखण्ड तेक्वान्दो एशोसियसन तथा युपी गुडविल तेक्वान्दो एशोसियसनले आयोजना गरेको प्रतियोगितामा प्रशिक्षक चन्द्रप्रकाश श्रेष्ठ, खेलाडीहरु सागर धामी, विहान गोयल, अनुज गिरी, आभाष पराजुली, प्रिति विष्टले प्रथम भएर उपाधि हात पारेका हुन् ।

तर्कराज देवकोटा, जुनु पासी, वियन्सा कक्षपति द्वितिय भएका छन् । युवराजसिंह ठकुरी, हर्केसिंह पाण्डे, अभिनव चौधरी तृतिय भएका छन् । प्रतियोगितामा भाग लिन टीम प्रशिक्षक उमादेवी थापा, व्यवस्थापक प्रवीणबहादुर ठकुल्ला र अन्तर्राष्ट्रिय रेफ्री प्रकाश लामिछाने सहित खेलाडीहरु देहरादुन गएका थिए।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : २२ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।