८ बैशाख २०८१, शनिबार | April 20, 2024

माउन्ट एभरेष्ट तेक्वान्दो प्रतियोगितामा पाकिस्तानका हम्जा र मजहरले जिते स्वर्ण पदक



पोखरा । पोखरामा जारी तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा पाकिस्तानी खेलाडी हम्जा उमर सइद र मजहर अब्बासले भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।

यी उत्कृष्ट जितपछि पाकिस्तानको स्वर्ण पदक संख्या ६ पुगेको छ । पाकिस्तानकै हारुन खान र अरबाज खानले रजत पदक जितेका छन् ।

८७ प्लस वर्गको क्योरुगी प्रतियोगिताको फाइनलमा हम्जा सइदले भारतीय प्रतिद्वन्द्वी गौरव भट्टलाई पहिलो राउण्डमा ११–२ र दोस्रो राउण्डमा ११–४ को सोझो सेटमा पराजित गरेका हुन् ।

अर्कोतर्फ, मजहरले ८० श्रेणीको फाइनलमा भारतका ऋषबलाई रोमाञ्चक प्रतिस्पर्धापछि हराउँदै उपाधि जितेका थिए। मजहरले पहिलो राउण्डमा विपक्षीलाई ९-७ ले हराएका थिए, जसले पछि बलियो पुनरागमन गर्दै दोस्रो राउन्ड ८-३ ले स्वीप गरे।

तर, तेस्रो राउण्डमा मजहरले अग्रता बढाउँदै बलियो आक्रमण गर्दै भारतीय प्रतिद्वन्द्वीलाई ९–० ले पराजित गर्‍यो ।

त्यसैगरी ५८ केजी तौल समूहको फाइनलमा कोरियाका ताइ जुन पार्कले पाकिस्तानका हारुन खानलाई ९–१ र ११–३ ले हराए ।

६३ केजी तौल समूहको फाइनलमा भारतका शिवम सुदेश शेट्टीले पाकिस्तानका अरबाज खानलाई ६-५, ७-२ ले हराए।

महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा भारतकी सोनम रावलले पाकिस्तानकी नूर रहमानलाई ३–० र ४–० ले पराजित गरिन । नूर रहमानले कास्य पदक जितिन् ।

च्याम्पियनसिपको क्योरुगी प्रतियोगितामा पाकिस्तानी खेलाडीले तीन स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेका छन् ।

पुम्से प्रतियोगितामा राष्ट्रिय खेलाडीले तीन स्वर्ण, एक रजत र चार कास्य पदक जितेका छन् ।

च्याम्पियनसिपमा पाकिस्तानले समग्रमा ६ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ ।

माउन्ट एभरेष्ट इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकोमा पाकिस्तानका पुम्से प्रशिक्षक कोरियाका मास्टर सियोङ ओ चोई र इरानका क्योरुगी प्रशिक्षक युसुफ करामीले पाकिस्तानी राष्ट्रिय खेलाडीको प्रशंसा गरेका छन् । उनीहरू यस वर्षको नोभेम्बरमा इस्लामाबादमा हुने कम्ब्याक्स एसियन च्याम्पियनसिपको तयारीमा छन्।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ४२ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र