१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

भीम आचार्यले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा, राजेन्द्र राई नयाँ मुख्यमन्त्री बन्दै



विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख सोमनाथ प्यासीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

आचार्यले त्यसअघि आजै बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिन लागेको जनाएका थिए । मुख्यमन्त्री बनेदेखि नै राजनीतिक रुपमा प्रदेशसभामा अल्पमतमा परेका आचार्यले गत कात्तिक ५ गते विश्वासको मत मागेका थिए । सो सम्बन्धी मतविभाजन आज हुन लागेको थियो । तर, विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत भएको प्रष्ट भएपछि आचार्यले आज प्रदेशसभामा विश्वासको मतमाथि मतविभाजन हुनुअघि नै राजीनामा दिने घोषणा गरेका हुन् ।

गत भदौ १० गते आचार्यले मुख्यमन्त्री बनेका थिए । नेकपा एमालेमा माधवकुमार नेपाल पक्षधर रहँदै आएका आचार्यले नेपाललाई छोडेर संस्थापन पक्षमा विलय भएपछि तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिँदै उनलाई मुख्यमन्त्री बनाएका थिए । तर, एमाले विभाजनभएसँगै आचार्यको बहुमत गुमिसकेको थियो । पार्टी विभाजनको असरका कारण आचार्यले ६८ दिनमा सरकारको नेतृत्व छोड्न बाध्य भएका छन् ।

प्रदेश १ मा अब विपक्षी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । गठबन्धनका सांसदहरुको समर्थनमा राईले आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : ४० बजे

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको