२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बर्दियाको गुलरियाबाट ९ जना जुवाडे सहित २ लाख बरामद (जुवाडेको नामसहित)



बर्दिया । बर्दिया प्रहरीले जुवातास खेलिरहेका ९ जनालाई तास खेलिरहेकै स्थानबाट पक्राउ गरेको छ । बर्दिया गुलरिया नगरपालिका ७ गुलरिया गाँउ स्थित रमेश यादवको घरमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तास खेलाउने घरधनी रमेश यादव सहित गुलरिया ३ का रतिराम चौधरी, वडा नम्बर ७ का श्यामु यादव, वडा नम्बर ४ का गुमान बहादुर मल्ल, वडा नम्कर १० का तेजकुमार चौधरी, मधुवन ८ का सुरेश वली, मधुवन ७ का टेकेन्द्र साउद, वडा नम्बर ९ का नारायण क्षेत्री र वडा नम्बर ७ का पदमबहादुर सुनार हुन् ।

पक्राउ परेकाहरुबाट नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र जुवा खेल्न प्रयोग भएको तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ९ जनालाई जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

त्यसैगरि बाँके प्रहरीले पनि जुवातास खेल्ने २ जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलीले खजुरा गाँउपालिका २ ए गाँउबाट जानकी गाँउपालिका ३ का अशोक वर्मा र भारत बहराईच जिल्ला रुपैडियाका राधे चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट ६० हजार ५०० नगद र १८ गड्डी तास बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : २८ बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्