२१ असार २०८३, आइतबार | July 5, 2026

परिवर्तनलाई उल्ट्याउन विभिन्न शक्ति लागे : अध्यक्ष प्रचण्ड



काठमाडैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सङ्घर्षको बलमा भएको परिवर्तनलाई उल्ट्याउन विभिन्न शक्ति लागि परेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले कम्युनिष्ट पार्टीको सरकार र पार्टीभित्रकै व्यक्तिबाट परिवर्तनलाई प्रहार गर्ने काम भएको बताए ।

“संविधानको सकारात्मक विषय तथा सङ्घीयतामाथि प्रहार गर्ने, संसद्का समितिले पठाएको विधेयक अगाडि नबढाउनेलगायत काम गत सरकारले ग¥यो”, उनले भने, “विगतमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाप्रति नकारात्मक धारणा राख्नेहरू मुलुक परिवर्तनसँगै संविधान बनेपछि सुध्रिए होलान् भनेको, तर सुध्रिएनन् ।”

परिवर्तन देख्न नचाहने शक्ति सलबलाइरहेको भन्दै प्रचण्डले परिवर्तनका लागि लडेका राजनीतिक दल र नेतृत्व ढुक्कसँग बस्न नहुने बताए । राजनीतिक परिवर्तनमा कर्मचारीको संयन्त्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनको रक्षाका लागि चनाखो भएर बस्न आग्रह गरे ।

अघिल्ला सरकारले रोकेका सबै विधेयक गठबन्धन सरकारले अगाडि बढाउने जानकारी दिँदै अध्यक्ष प्रचण्डले सरकारले निजामती ऐन, प्रहरी समायोजन ऐन, कर्मचारी सरुवा, बढुवा, समायोजनालगायत ऐन छिटोभन्दा छिटो अगाडि बढाउने चाहेको बताए। “समितिबाट पारित भएर आएका विधेयक तत्कालीन प्रधानमन्त्रीले रोकेर राखे, हामी ती सबैलाई अगाडि बढाउनेछौँ”, उनले भने।

सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन कसरी गराउने भन्नेमा राजनीतिक दलबीच छलफल शुरु भएको उल्लेख गर्दै उनले भने, “राज्यलाई कम भार पार्ने, जनतालाई कम दुःख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेशअनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने ग¥यो भने धेरै षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको छ, पहिला स्थानीय तह र त्यसपछि सङ्घको निर्वाचन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारी बौद्धिक वर्ग भएकाले जनताको पक्षमा निर्धक्क भएर काम गर्नुपर्ने बताइन । त्यस अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको मुखपत्र ‘पराग’ पुस्तकको पाँचौँ विशेषाङ्क विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : १० बजे

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर