२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सोमबारबाट देशका सबै प्रदेश सरकारबाट एमाले ‘आउट’, एकै दिन काँग्रेस र एकिकृत समाजवादी प्रदेश सरकारको नेतृत्वमा ‘ईन’



काठमाडौं । सोमबार एकैदिन दुई प्रदेशको प्रदेश सरकार फेरिने प्रक्रियामा अगाडि बढेको छ । कर्णाली प्रदेशमा माओवादी केन्द्र बाहिरिएर काँग्रेसको ‘ईन्ट्री’ हुँदै छ भने प्रदेश नम्बर १ मा एमाले बाहिरिएर नेकपा एकिकृत समाजवादी सरकारमा भित्रिने भएको छ । सोमबार देखि देशका ७ वटा प्रदेश मध्य ४ वटामा प्रदेश सरकारको नेतृत्व पाएको एमालेको सबै प्रदेशबाट पूर्ण बहिर्गमन भएको छ । १ साताका बीचमा एमालेबाट अलग्गिएको एकिकृत समाजवादीले २ वटा प्रदेशमा प्रदेश सरकारको नेतृत्व गर्दैछ । दुबै प्रदेशमा एकिकृत समाजवादीले एमालेलाई ‘आउट’ गरेर प्रदेश सरकारकाे नेतृत्व गर्ने भएकाे हाे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रज्वलले सत्ता गठबन्धनको निर्णय अनुसार सहमतिमा राजीनामा दिएर मार्ग प्रसस्त गरेका छन् भने प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले संसदमा बहुमत नपुग्ने निश्चित भएपछि राजीनामा दिएका छन् । कर्णालीमा पूर्व भद्र सहमती अनुसार बाँकी अवधिको लागि काँग्रेस नेता जीवन बहादुर शाहीले प्रदेश सरकारको नेतृत्व गर्ने भएका छन् भने प्रदेश नम्बर १ मा सत्तारुढ गठमन्त्रनको निर्णय अनुसार एकिकृत समाजवादीका नेता राजेन्द्र राईले बहुमत सदस्यहरुको हस्ताक्षर सहित सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरिसकेका छन् । सोमबार प्रदेश प्रमुख समक्ष उनले ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश १ मा ९२ सांसद छन् । सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्दछ ।

२०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका कर्णालीका शाहीले ३ वर्ष ८ महिना सरकारको नेतृत्व गरेका छन् भने प्रदेश १ को मुख्यमन्त्रीमा आचार्यले ६५ दिन सरकारको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : ५७ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।