१५ माघ २०८२, बिहिबार | January 30, 2026

सोमबारबाट देशका सबै प्रदेश सरकारबाट एमाले ‘आउट’, एकै दिन काँग्रेस र एकिकृत समाजवादी प्रदेश सरकारको नेतृत्वमा ‘ईन’



काठमाडौं । सोमबार एकैदिन दुई प्रदेशको प्रदेश सरकार फेरिने प्रक्रियामा अगाडि बढेको छ । कर्णाली प्रदेशमा माओवादी केन्द्र बाहिरिएर काँग्रेसको ‘ईन्ट्री’ हुँदै छ भने प्रदेश नम्बर १ मा एमाले बाहिरिएर नेकपा एकिकृत समाजवादी सरकारमा भित्रिने भएको छ । सोमबार देखि देशका ७ वटा प्रदेश मध्य ४ वटामा प्रदेश सरकारको नेतृत्व पाएको एमालेको सबै प्रदेशबाट पूर्ण बहिर्गमन भएको छ । १ साताका बीचमा एमालेबाट अलग्गिएको एकिकृत समाजवादीले २ वटा प्रदेशमा प्रदेश सरकारको नेतृत्व गर्दैछ । दुबै प्रदेशमा एकिकृत समाजवादीले एमालेलाई ‘आउट’ गरेर प्रदेश सरकारकाे नेतृत्व गर्ने भएकाे हाे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रज्वलले सत्ता गठबन्धनको निर्णय अनुसार सहमतिमा राजीनामा दिएर मार्ग प्रसस्त गरेका छन् भने प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले संसदमा बहुमत नपुग्ने निश्चित भएपछि राजीनामा दिएका छन् । कर्णालीमा पूर्व भद्र सहमती अनुसार बाँकी अवधिको लागि काँग्रेस नेता जीवन बहादुर शाहीले प्रदेश सरकारको नेतृत्व गर्ने भएका छन् भने प्रदेश नम्बर १ मा सत्तारुढ गठमन्त्रनको निर्णय अनुसार एकिकृत समाजवादीका नेता राजेन्द्र राईले बहुमत सदस्यहरुको हस्ताक्षर सहित सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरिसकेका छन् । सोमबार प्रदेश प्रमुख समक्ष उनले ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश १ मा ९२ सांसद छन् । सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्दछ ।

२०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका कर्णालीका शाहीले ३ वर्ष ८ महिना सरकारको नेतृत्व गरेका छन् भने प्रदेश १ को मुख्यमन्त्रीमा आचार्यले ६५ दिन सरकारको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : ५७ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला