१५ बैशाख २०८१, शनिबार | April 28, 2024

बुटवलमा नेपाल सम्वत ११४२ लाई भव्य स्वागत गरिँदै



बुटवल । नेपाल सम्वत ११४२ को अवसरमा बुटवलमा बउहद साईकल -याली हुने भएको छ । बुटवलमा क्रियाशिल ८ वटा साईकल क्लवको सहभागीतामा नेपाल सम्बतको शुभकामना साईकल -याली आयोजना हुने भएको हो ।

¥यालीका सम्बन्धमा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलीक र आफ्नो सम्बत भएको आयोजकहरुले जनाए । उनीहरुले राज्यले राष्ट्रिय विभुति घोषणा गरेको शंखधर साँख्वाले ऋण मोचन गराएर अघोषित कमारा कमारीको युग अन्त्य गरिएको दिनलाई नेपाल सम्बतकारुपमा स्विकार गरिएको भन्दै नेपाली माटोबाट जन्मेको सम्बतलाई राज्यले कामकाजको पात्रोकारुपमा प्रयोग गर्न माग गरे । बुटवलमा क्रियाशिल १० वटा संस्थाहरुको आयोजनामा १९ गते नयाँवर्षका अवसरमा हुने कार्यक्रमको तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक नेवा पुज, नेवा समाज विकास परिषदका अध्यक्ष काजीमान श्रेष्ठ नेपाल सम्वत सबै नेपालीको साझा सम्वत हो भन्ने सन्देश दिने गरि रुपन्देहीमा कार्यक्रम गरिदै आएको बताए । सधै वर्षभन्दा यो वर्ष फरक ढंगबाट थप साईक्लिङमार्फत सचेतनामुलक शुभकामना रयाली गर्न लागेको उनले जानकारी दिए ।

किसानलाई ऋण मिनाहा गराएर जनतालाई स्वतन्त्र बनाएका शंखध्वर साख्वाको स्मृतिमा नेपाल सम्वत मनाईदै आएको छ । संयुक्त राष्ट्र संघमा नेपालको भाषा र सम्वतका रुपमा रन्जना लिपि र नेपाल सम्वत मान्यता पाएको हुदा पनि यो सबैको साझा सम्वत भएको उनले बताए । १० वटा संस्थाहरुसहित कार्यक्रम आयोजना गरेर थप जोडेर प्रचारात्मक रयाली गरेर अगाडि बढेको श्रेष्ठले बताए ।

नेवा सेवा समितिका अध्यक्ष चिरिन्जवी श्रेष्ठले प्रत्येक वर्ष सामुहिक रुपमा शुभकामना कार्यक्रम र झाकीसहित दिवस मनाउने प्रचलन रहेको बताए । यो वर्ष जिल्लाका साईक्लिङ क्लबहरुको सहकार्यमा सचेतना तथा शुभकामना साइकल रयाली गर्ने तयारी पुरा भएको उनले बताए ।

साईकल रयाली नेवा पुचको कार्यालय परिसरबाट बिहान शुरु भएर सिन्दुर होटल, तिनाउ पुल, जितगढी किल्ला, मजुवा, देविनगर चौपारी, होराईजन चोक, योगीकुटी, शंकरनगर, मणिग्रामबाट पुनः फर्केर बुटवल नगर परिक्रममा गरि पुल्चोक दुर्गा मन्दिरमा पुगेर समापन गरिने आयोजकहरुले जनाएका छन् ।

कार्यक्रममा पत्रकार शरण कर्माचार्यले नेपाल सम्वत समग्र नेपालीहरुको सम्वत भएको बताए । उनले विक्रम सम्बत ९३६ मा कितीपुरका सामान्य व्यापारी शंखधर साँख्वाले कान्तिपुर र भादगाँउका किसानहरुलाई ऋण मोचन गराई साहुको कमारा बस्नबाट मुक्त गराएको स्मरण गर्दै सोही दिनलाई मल्ल राजाहरुले नेपाल सम्वतका रुपमा चलनमा ल्याएको जानकारी दिए । उनले १९६० सम्म राज्यको कानुनी पात्रोकारुपमा चलाईएपनि त्यस यता नेपाल सम्बतलाई राज्यले बिस्थापन गर्न खोजेको बताए ।

रयालीमा विभिन्न क्लबका १ सय बढी राईडरहरु सहभागी हुने जानकारी दिँदै उनले हरेक साईकलमा सचेतनामुलक सन्देश दिने गरि प्लेकार्ड राखिने समेत जनाए । पत्रकार सम्मलेनमा नेपाल सम्वतकाे पहिचान सहितकाे टिसर्ट समेत सार्वजनिक गरिएकाे थियाे । आयाेजक संस्थाहरु सहित साइकल क्लवका अध्यक्षहरुले संयुक्तरुपमा टिसर्ट सार्वजनिक गरेका थिए ।

कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङ, ह्याप्पी साईक्लिङ क्लबका अध्यक्ष सुमन श्रेष्ठ, साईकल सिटी बुटवलका अध्यक्ष बिनोद जंग कार्की, बुटवल साईकल क्लबका अध्यक्ष शिव चौधरीले एकता र भातृत्व विकास गर्ने लक्ष्यसहित साइकल अभियान मार्फत विभिन्न समयमा रयालीहरु गर्दै आएको धारणा राखेका थिए ।

साईकल रयालीमा ज्ञानी पोली ट्याक र बाग्मती मोटरसाईकल सेन्टरले टिसर्ट सौजन्य गरेको छ भने होटल पौवाले राईडरहरुलाई शुभकामना सगुनको व्यवस्था गरेको छ ।

नेवा पुचः नेवाः सेवा समिति, नेवा समाज अर्घाखाँची, हुमिन नेवा पुचः झीँ द्य नेवाः पुच, गणेश नेवाः समाज, तिलोत्तमा नेवाः मैजु खल, भिमसेन नेवा समाज लगायतको आयोनामा हुने -यालीका राईडरहरुलाई बुटवलका बिभिन्न भागहरुमा सम्बन्धित टोलका संस्थाहरुले सडकमै सगुन सहितको स्वागत गर्ने व्यवस्था मिलाईएको नेवा पुचःका अध्यक्ष काजीमान श्रेष्ठले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : १५ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म