२४ बैशाख २०८१, सोमबार | May 6, 2024

तिहारपछि प्रधानन्यायाधीसविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बारको तयारी



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

लगातार दोस्रो दिन सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रम गरेको बारले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको र अब २३ कात्तिकबाट निरन्तर हुने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । ‘आजको कार्यक्रम सकियो । नयाँ कार्यक्रम घोषणा तिहारपछि, आन्तरिक छलफल भने जारी रहनेछ,’ पौडेलले भने ।

यसअघि बारले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशको राजीनामा माग गरिन् ।

‘न्यायलयको सुधारका लागि बार लागेको छ। बारको प्रांगण त्यागेर सर्वोच्च पुगिसकेका छौं । न्याय शुद्वीकरणको अभियानमा अवरोध भएकाले प्रधानन्यायाधीशको राजीनामम मागेको हो । विकृति, विसंगति र भ्रष्टाचार हटाउन द्वार खोल्न पनि प्रधानन्यायाधीशको राजीनामा आउनुपर्छ,’ उनले भनिन्, ‘जुन धाराबाट आएको त्यही धाराबाट जान खोज्नुभयो भने त्यो धाराको पानीले बगाउनेछ । सम्मानजनक बहिर्गमनका निम्ति अनुरोध गर्दछौं ।’

बार उपाध्यक्ष मानबहादुर रूम्जाली राईले प्रधानन्यायाधीश जबराको राजीनामा नै बटमलाइन भएको बताए । ‘समग्र न्यायपालिको स्वतन्त्रता जवाफदेहिता स्वच्छता खोजेको हो । सेतोपट्टीवाला साथीहरू बारको विज्ञप्ति पढिदिनुस् । उहाँहरूले प्रधानन्यायाधीशको राजीनामाका लागि मात्र बारको आन्दोलन हो भन्ने भन्नु भएछ । शान्तिपूर्ण रूपमै आन्दोलन टुंग्याउन चाहन्छौ । यसका लागि राजीनामा बटमलाइन हो,’ उनले भने ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले समग्र न्याय सुधारका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए । ‘अहिले विस्फोट भयो । संषर्घ पहिलेदेखि हो । चोलेन्द्र नहटाउने हो भने नयाँ आउने प्रधानन्यायाधीशलाई पनि समस्या हुन्छ । राजनीतिक नेतृत्वको राजनीतिले आज यो अवस्था आयो । प्लिज यसलाई अगाडि बढाउनुभयो भने हामी छोड्दैनौं । बहिर्गमन मात्र होइन, यो राजद्रोह पनि हो । आजको आन्दोलन चोलेन्द्र हटाउने मात्र होइन, समग्र न्याय सुधारको हो,’ उनले भने ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १ : ११ बजे

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले