४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रहरीद्वारा काठमाडौंको नागढुंगामा भारतीय नक्कली सूर्य चुरोट नष्ट



काठमाडौं । प्रहरीले नेपालमा बिक्रिवितरणमा नरहेको भारतीय नक्कली सूर्य चुरोटलाई नष्ट गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीबार चेकजाँचको क्रममा सो चुरोट बरामद गरेको थियो ।

भन्सार छलेर ल्याएको २५० बट्टा नष्ट भारतीय सुर्य चुरोट नष्ट गरेको प्रहरीले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीषक निरु दुवाल, चन्द्रगिरी नगरपालिका वडा नं. २ का अध्यक्ष गोपी सुर्खेती लगायतका स्थानीयको रोहवरमा ती नक्कली चुरोट नष्ट गरिएको पनि प्रहरीले जनाएको छ ।

सूर्य नेपाल प्रालिले उत्पादन गर्ने सूर्य चुरोट नेपालमा बिक्रि हुने गरेको छ । तर, सूर्यको जस्तै बट्टा बनाएर भारतमा उत्पादित नक्कली चुरोट बेलाबेलामा नेपालभित्र बिक्रि हुने गरेको छ ।

विशेषगरी भारतीय सीमा नाका क्षेत्रमा नक्कली सूर्य चुरोटको छयाप्छयाप्ती बिक्रि हुने गरेको छ । दुई वर्षअघि जनकपुर क्षेत्रमा यस्तै नक्कली चुरोट विक्रि भएको खबर संचारमाध्यमहरुले प्रसारण प्रकाशन गरेपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो ।

नेपालमा नक्कली सूर्य चुरोट बिक्रि हुँदा राज्यलाई राजस्वमा समेत घाटा लाग्ने गरको छ । सूर्य नेपाल प्राली नेपाल सरकारलाई बढी राजस्व बुझाउने कम्पनी हो ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको