२९ माघ २०८२, बिहिबार | February 12, 2026

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ भन्छन् – राज्यका तीनवटै अंगबाट सन्तोष गर्ने ठाउँ छैन



काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विवेकको फैसला जनताले गर्ने बताएका छन् । मानिसको विवेकलाई सत्य र इमान्दारिताका रूपमा परिभाषित गर्दै श्रेष्ठले यसमा अडिग रहे कहीँ पनि चुक्ने अवस्था नआउने बताए ।

वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ुकल्याण श्रेष्ठ क्षमता भएर पनि विवेक नभएको मान्छेु भन्ने टिप्पणीको जवाफ फर्काउँदै श्रेष्ठले विवेकको विषयमा आफूले दाबी नगर्ने बताए ।

ुमेरो विवेकमा प्रश्न आएको छ । विवेकमा प्रश्न गर्ने कोही कोही निस्केको छ । म विवेकमा दाबी गर्दिनँ । म विवेकशील मान्छे हुँ भनेर धेरै ठूलो दाबी गर्दिनँु, बुधबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा श्रेष्ठले भने, ुमैले जिन्दगीमा गरेका निर्णयहरूमा कति विवेक पुग्यो होला, पुगेन होला, त्यो जनताको माझमा छ, जनताले नै निर्णय गर्न सक्छ ।ु

विवेकको विषय धेरै ठूलो दाबी गर्ने विषय आफूलाई नलाग्ने उनको भनाइ छ । ‘विवेकको सवालमा सकेसम्म विवेकशील अभ्यास गर्ने हो । विवेकको दाबी गरेर स्वामित्व ग्रहण गर्ने विषय होइन । विवेकमा शंकराचार्य चुडामणिको कुरा गर्नुपर्छ । विवेकमा चाहिने सत्यको सार्वभौमिकता हो । सत्यको सार्वभौमिकतालाई मनन गर्दै निर्णय गर्न सक्नुभयो भने तपाई चुक्नुपर्ने कुनै ठाउँ हुँदैन’, उनले भने ।

विवेक सत्य र सार्वभौम भएकाले विवेकको अनुशीलन र प्रयोग गर्ने भनेको सत्यको अनुशीलन गर्ने भएकोझ उल्लेख गरे । त्यसमा कति इमान्दार ढंगले काम गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुने उनको धारणा छ ।

कार्यक्रममा पूर्वप्रधानन्यायधीश श्रेष्ठले आज राज्यका तीनै अंगमाथि अविश्वास र वितृष्णा बढेको बताए । ‘आज कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका कतै पनि सन्तोष गर्ने ठाउँ छैन । तीनै तहका सरकारमा हेर्‍यो भने समस्या ग्रस्त देखिन्छ । संविधान त राम्रै बनाएको भनेको हो । राम्रो बनाएको संविधानको राम्रो भोग हुनुपर्‍यो नि । । राम्रो कानुन, राम्रो नतिजा हुनुपरयो नि’, उनले भने ।

राम्रो देखाउन संविधान नलेखेको भन्दै उनले राम्रो भोग देखाउन लेखेको बताए । ‘कार्यान्वयन गर्न लेखेको हो । खै गरेको ? दलहरुले जवाफदेहिता देखाउनुपर्दैन ?’ उनले प्रश्न गरे । दलहरुले आफ्नो अहमियत बढाउन जनतालाई दास बनाएको भन्दै उनले आलोचना गरेका थिए । प्रजातन्त्रमा दलभन्दा जनता महत्वपूर्ण भन्दै अहिले जनताभन्दा दल नै प्रजातन्त्र मानिन थालेकोमा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : १७ बजे

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

दाङ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक