२० आश्विन २०८३, मंगलबार | October 6, 2026

आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै



काठमाडौं । कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।

यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ । भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ ।

यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ बस्ने र यो समयमा मृत्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ । यसैको खुसीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ ।

लक्ष्मी पूजाको दिन सुख समृद्धिको मनोकामनासहित माता लक्ष्मीको विशेष पूजाआराधना गरिन्छ । घर तथा व्यवसायको भण्डारण कक्ष, दराज आदिमा लक्ष्मीको प्रसाद चन्दन, अबिरलाई स्वस्तिक चिन्ह अंकित गर्ने प्रचलन छ । यसो गर्दा सम्पत्ति बढोत्तरी हुने विश्वास छ ।
नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ६ : २६ बजे

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते

सर्वोच्चमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस, वरिष्ठतम् न्यायाधीश मल्लको असहमति

काठमाडौं । न्याय परिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतका लागि

गगन थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला र डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत