२७ मंसिर २०८२, शनिबार | December 13, 2025

आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट : भारतको पहिलो जित, अफगानिस्तान पराजित



काठमाडौं । उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी-ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ ।

बुधबार राति भएको सुपर-१२ को समूह-२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो ।

जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे ।

भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले २ विकेट हात पारे । यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रनको बिशाल योगफल तयार पारेको थियो ।

भारतका ओपनर रोहित शर्माले सर्वाधिक ७४ रनको योगदान दिए । लोकेश राहुलले ६९ रन बनाए । भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १ सय ४० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग दोस्रो खेलमा न्युजिल्यान्ड पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ । अब, सेमिफाइलन यात्रा तय गर्न भारतलाई दुबै खेल जित्नुपर्ने हुन्छ । यति मात्रै हैन अन्य खेलमा समेत भर पर्नुपर्ने हुन्छ ।

सुपर-१२ को समूह-२ बाट सेमिफाइनल पुगिसकेको पाकिस्तानको ४ खेलमा ४ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा छ ।

न्युजिल्यान्ड ३ खेलमा २ जित र १ हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ जित र २ हार सहित पाँचौं स्थानमा छ । भारत ३ खेलमा १ जित र २ हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलनै हारेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ७ : ०२ बजे

माछापुच्छ्रे बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएफ)मा सहभागी

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : अध्यक्ष साम्पाङ

खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि

काठमाडौँ । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ