११ श्रावण २०८३, सोमबार | July 27, 2026

बुटवलमा नन्दिनी गौ संरक्षण केन्द्र स्थापना



बुटवल । बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक वनउपभोक्ता समुहको संयुक्त आयोजनामा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको गाईपुजाको अवसर पारेर एक समारोहका बिच मुक्तिनाथधामका पिठाधिस ब्रह्मनन्द स्वामी लोकानन्दले नन्दिनीगौ संरक्षण केन्द्र समुद्घाटन गरेका हुन ।

विधिवत रुपमा पुजाआजा सहित पाच वटा गाईलाई पंन्चकन्याद्घारा गौशालामा प्रवेश गराएर शुभारम्भ गरिएको छ । बिहीबार लक्ष्मीपुजा अर्थात् गोबर्धन पुजाको अवसर पारेर बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, मुक्तिनाथधाम बुटवलका ब्रह्मनिष्ठ शन्त शिरोमणी लोकानन्द स्वामी र सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष नारायण बहादुर घिमिरेले पुजापाठ समेत गरे ।

संसारकै सबैभन्दा श्रेष्ठ प्राणी गौमातालाई मानिने भएकाले पनि गौमातालाई पुजागर्दा धार्मिक रुपमा समेत महत्व रहेको शन्त शिरोमणी लोकानन्द स्वामीले बताए । गौ माताको अंगबाट निस्कने हरेक चिजबाट मानव र धर्तीको समेत कल्याण हुने भएकाले महत्व मानिने उनले बताए ।

करीब ८ विगाहा क्षेत्रफलमा तारजाली गरे ब्यवस्थित रुपमा गौ संरक्षणको लागि पुर्वाधार निमार्ण गरिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले बताए । जहाँ ५० बढि गाई अट्ने सेड पुर्वाधार निर्माण गराईएको छ । भविष्यमा गौ अनुसन्धान केन्द्र, पञ्चगब्य उत्पादन र अध्ययन स्थलका रुपमा विकास गर्ने अवधारणा सहित गुरुयोजनाब नाएर गौ संरक्षण केन्द्र स्थापना गरिएको उनले बताए । यसैगरि गाईलाई गुड बनाएर दाना र पानीको उपयोग गर्न मिल्ने ब्यवस्था, विद्युत ब्यवस्थापन गरिएको छ । दुईजना गौ हेरालुहरु ब्यवस्थापन गरि गौ हेरालुहरुलाई २ वटा रुम र स्टोर रुम निर्माण गरिएको छ ।

यसैगरि मध्ये भागमा १ हजार ८ बरपिपल र स्वामीका वृक्ष लगाउने र गोवर्धन पर्वत बनाउने योजना छ । धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित गौशालाको अवधारणा अगाडि बढेको उनले बताए । योसंगै छाडा चौपायाका कारण नगरको सरसफाई र सुन्दरता कायम गर्ने र सडकको दुर्घटना कम हुने उनले बताए ।

शिवनगर सामुदायिक वन क्षेत्रमा गौशाला ब्यवस्थापन समिति गठन गरेर चलाउने योजना रहेको उपभोक्ता समिति अध्यक्ष नारायणबहादुर घिमिरेले बताए । हेरालुहरुले गाईहरुलाई सुरक्षित गराउने र सो स्थानमा लैजाने ब्यवस्थागरिने उनले बताए ।

बुटवल उपमहानगरपालिकाका सामाजिक शाखाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेलले गौशाला संचालन ब्यवस्थापन सम्बन्धिकार्यविधि तयार गरिएको बताए । सो केन्द्रमा तत्कालै बुटवलका सडकमा रहेका छाडा चौपाय (गाई,गोरु) लगिने र चरण क्षेत्र विस्तार गरिने उनले बताए । पशु सम्बन्धी रोगका विशेषज्ञले परीक्षण, सुसारेले घाँसपातको प्रबन्ध मिलाउने प्रबन्ध गरिएको उनले बताए ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १० : ४३ बजे

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने