११ श्रावण २०८३, सोमबार | July 27, 2026

नेपाल संवतमा प्रधानमन्त्री देउवाको शुभकामना : सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्। नेपालको मौलिक संवत नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन नेपाल संवतबाट प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको प्रधानमन्त्री देउवाको सन्देशमा उल्लेख गरिएको छ।

नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उनलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको शुभकामना सन्देशमा लेखिएको छ ।

प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : २३ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले