११ श्रावण २०८३, सोमबार | July 27, 2026

नेपाल संवत ११४२ लाई बुटवलमा धुमधामकासाथ स्वागत (फोटो फिचर)



बुटवल । नेपाल संवत ११४२ को अवसरमा बुटवलमा बृहत साईकल -याली गरिएको छ । बुटवलमा क्रियाशिल ८ वटा साईकल क्लवको सहभागीतामा नेपाल संवतको स्वागतका बिभिन्न प्लेकार्ड र न्हूदया भिन्तुना लेखिएको टिसर्ट लगाएका ८० बढी साइकल राइडरहरुले बुटवल र तिलोत्तमा नगर क्षेत्रको परिक्रमा गरेका थिए ।

नेवा पुचः को केन्द्रीय कार्यालयबाट शुरु भएको र्याली सिन्दुर होटल, तिनाउ पुल, जितगढी किल्ला, मजुवा, देविनगर चौपारी, होराईजन चोक, योगीकुटी, शंकरनगर, मणिग्रामबाट पुनः फर्केर बुटवल नगर परिक्रममा गरि पुल्चोक दुर्गा मन्दिरमा पुगेर समापन भएको थियो ।

नेवारी संस्कार अनुसारको सगुन खाएर शुरु भएको साइकल र्यालीलाई बुटवलका बिभिन्न चोकहरुमा स्थानीय समुदायले सगुन खुवाएर स्वागत गरेका थिए । तिलोत्तमाको शंकरनगरमा स्थानीय नेवा पुचःले पानी वितरण गरेको थियो भने जानकीनगरमा होटल पौवाको तर्फबाट लड्डु र पानीले राइडरहरुलाई स्वागत गरिएको थियो । राजमार्ग चौराहामा नेवाः सेवा समितिको तर्फबाट नेवारी सगुन ऐला(रक्सी), अण्डा र अदुवा लसुन सहितको सगुन खुवाएर राइडरहरुको हौसला बढाइएको थियो भने समापन स्थल पुल्चोकमा तिलोत्तमा नेवा मैजु खलः का महिलाहरुले साइकल र्यालीको स्वागत गरेका थिए । खलले सहभागीहरूलाइ [नेवा भ्वय] नेवारी भाेजकाे व्यवस्था गरेकाे थियाे ।

राज्यले राष्ट्रिय विभुति घोषणा गरेको शंखधर साँख्वाले ऋण मोचन गराएर अघोषित कमारा कमारीको युग अन्त्य गरिएको दिनलाई नेपाल सम्बतकारुपमा स्विकार गरिएको भन्दै नेपाली माटोबाट जन्मेको सम्बतको स्वागत गर्न बुटवलमा बृहत साइकल र्याली गरिएको हो । बुटवलमा क्रियाशिल १० वटा संस्थाहरुको आयोजनामा भएको र्यालीमा बुटवलमा क्रियाशिल ८ वटा साइकल क्लवहरुले सहभागिता जनाएको नेवा पुचः रुपन्देहीका प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठले बताए ।

नेपाल सम्वत सबै नेपालीको साझा सम्वत हो भन्ने सन्देश दिने गरि रुपन्देहीमा हरेक वर्ष कार्यक्रम गरिदै आएको नेवा पुचः, नेवा समाज विकास परिषदका अध्यक्ष काजीमान श्रेष्ठ बताए । सधै वर्षभन्दा यो वर्ष फरक ढंगबाट थप साईक्लिङमार्फत सचेतनामुलक शुभकामना रयाली गरिएको जनाउँदै अध्यक्ष श्रेष्ठले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।

नेवा सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले संयुक्त राष्ट्र संघमा नेपालको भाषा र सम्वतका रुपमा रन्जना लिपि र नेपाल सम्वत मान्यता पाएको हुदा पनि यो सबैको साझा सम्वत भएको बताए । उनले नेपाल संवतलाई नेपाली सरकारी कामकाजको संवत बनाउन माग गरे ।

विक्रम सम्बत ९३६ मा किर्तीपुरका सामान्य व्यापारी शंखधर साँख्वाले कान्तिपुर र भादगाँउका किसानहरुलाई ऋण मोचन गराई साहुको कमारा बस्नबाट मुक्त गराएको स्मरण गर्दै सोही दिनलाई मल्ल राजाहरुले नेपाल सम्वतका रुपमा चलनमा ल्याएका थिए जानकारी दिए । सन् १९६० सम्म नेपालले कानुनी पात्रोकारुपमा चलाईएपनि त्यस यता नेपाल संवतलाई राज्यले सरकारी कामकाजमा चलाएको छैन ।

र्यालीमा सहभागी साइकलमा सचेतनामुलक सन्देश दिने गरि प्लेकार्डहरु राखिएको थियो ।

बुटवल उपमहानगरको वार्ड नमबर १ र २ का नेवार समुदायले छुट्टै कार्यक्रम गरि नेपाल संवत ११४२ लाई स्वागत गरेका छन् । पुरानो बुटवल (बटौली) को गणेशस्थान मन्दिरमा भेला भएका नेवार समुदायले पुरानो बुटवल परिक्रमा गरि नयाँ वर्षको स्वागत गरेका छन् । नेवारी पोषाक र नेवारी परम्परा झल्कने झाँकी सहित बटौली परिक्रमा गरिएको उपमहानगर वार्ड नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले जानकारी दिए ।

फाेटाे – स्वस्तिक श्रेष्ठ

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : ४० बजे

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने