२ कार्तिक २०८३, सोमबार | October 19, 2026

ओली सरकारको बजेट कागजी घोडा : गृहमन्त्री खाँण



बुटवल । गृहमन्त्री बालकृष्ण खाणले अघिल्लो सरकारले कार्यान्वयन नहुने गरि कागजी बजेट ल्याउँदा त्यसलाई कार्यान्वनमा समस्या भएको बताएका छन् । शुक्रबार गृहजिल्ला रूपन्देहीको तिलोत्तमा गौशालामा गोबर्धन पूजा गर्नेक्रममा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले पूर्ववर्ती सरकारले कागजी घोडारुपी बजेट ल्याएका कारण कार्यान्वयन नहुने देखेर नयाँ बजेट ल्याउनु परेको बताए ।

उनले गठबन्धन सरकारले यथार्थमा आधारित बजेट ल्याएको दाबी गर्दै सेतो कागजमा कालो मसीले मात्र बजेट बनाएर नहुने स्पष्ट पारे । ‘कोषमा पैसा त हुनुप¥यो । दातृ निकायको पनि सहयोग गरेको छैन । कागजमा लेखेर मात्र हुन्छ ?’ उनले प्रश्न गरे ।

आफूहरुले अघिल्लो सरकारले ल्याएका योजनाहरू कटौती गरेको नभई बजेट अभावले अगाडि बढ्न नसक्ने देखिएपछि रोकेको खाँणले स्पष्ट पारे ।
उनले अघिल्लो सरकारले ल्याएकै बजेट पास गर्न आग्रह गर्दा पनि कागजी बजेट भएकाले पास गर्न तयार नभएको बताए ।

गृहमन्त्री खाँणले एमसीसी पास गर्ने सवालमा विपक्षी दलका नेताहरुले दुई चरित्र देखाएको आरोप समेत लगाए । ‘विपक्षी दलका नेताहरुले एमसीसी पारित गर्ने सवालमा एउटा नेतासँग बोल्दा पास गर्न सहयोग गछौं ।’ उनले भने, -‘अर्कोसँग बोल्दा यो त कुनै हालतमा पास गर्न हुँदैन भन्नुहुन्छ ।’

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : ०६ बजे

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३

दसैंले गाउँबस्तीमा बढायो रौनक

भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको