७ भदौ २०८३, आइतबार | August 23, 2026

ओली सरकारको बजेट कागजी घोडा : गृहमन्त्री खाँण



बुटवल । गृहमन्त्री बालकृष्ण खाणले अघिल्लो सरकारले कार्यान्वयन नहुने गरि कागजी बजेट ल्याउँदा त्यसलाई कार्यान्वनमा समस्या भएको बताएका छन् । शुक्रबार गृहजिल्ला रूपन्देहीको तिलोत्तमा गौशालामा गोबर्धन पूजा गर्नेक्रममा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले पूर्ववर्ती सरकारले कागजी घोडारुपी बजेट ल्याएका कारण कार्यान्वयन नहुने देखेर नयाँ बजेट ल्याउनु परेको बताए ।

उनले गठबन्धन सरकारले यथार्थमा आधारित बजेट ल्याएको दाबी गर्दै सेतो कागजमा कालो मसीले मात्र बजेट बनाएर नहुने स्पष्ट पारे । ‘कोषमा पैसा त हुनुप¥यो । दातृ निकायको पनि सहयोग गरेको छैन । कागजमा लेखेर मात्र हुन्छ ?’ उनले प्रश्न गरे ।

आफूहरुले अघिल्लो सरकारले ल्याएका योजनाहरू कटौती गरेको नभई बजेट अभावले अगाडि बढ्न नसक्ने देखिएपछि रोकेको खाँणले स्पष्ट पारे ।
उनले अघिल्लो सरकारले ल्याएकै बजेट पास गर्न आग्रह गर्दा पनि कागजी बजेट भएकाले पास गर्न तयार नभएको बताए ।

गृहमन्त्री खाँणले एमसीसी पास गर्ने सवालमा विपक्षी दलका नेताहरुले दुई चरित्र देखाएको आरोप समेत लगाए । ‘विपक्षी दलका नेताहरुले एमसीसी पारित गर्ने सवालमा एउटा नेतासँग बोल्दा पास गर्न सहयोग गछौं ।’ उनले भने, -‘अर्कोसँग बोल्दा यो त कुनै हालतमा पास गर्न हुँदैन भन्नुहुन्छ ।’

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : ०६ बजे

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किँदै प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौंका लागि फर्किएका छन् ।

सुनको मुल्य बढ्यो, चाँदीको घटयो

काठमाडौं।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल

चिनिया रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटरको विश्व कीर्तिमान

बेइजिङ । चीनको राजधानी बेइजिङमा दोस्रो विश्व मानवोइड रोबोट खेलकुद

भरतपुरमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय