१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने



काठमाडौ । फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ । तर,फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू नहुने उल्लेख गरेको छ ।

गत सोमबार फेसबुकले आफ्नो अनुहार चिन्ने उपकरण बन्द गर्ने र एक अर्बभन्दा बढी मानिसको अनुहारको टेम्प्लेट मेटाउने जनाएपछि गोपनियता अधिकारका वकालतकर्ता तथा अनुहार पहिचान गर्ने नीतिका आलोचकहरुले खुसी व्यक्त गरेका थिए । विवादस्पद डिपफेस एल्गोरिथ्म समावेश गर्ने प्रविधि ट्यागिङ गर्ने उद्देश्यका लागि अपलोड गरिएका तस्बिरमा व्यक्ति पहिचान गर्न प्रयोग गरिएको थियो ।

फेसबुकले अनुहार चिन्ने सफ्टवेयर आइन्दा प्रतिबद्धता व्यवहारमा लागू गरिसकेको छ । त्यसैगरी, मेटाभर्स उत्पादनमा यो सफ्टवेयर चालू राखे पनि विस्तार चाहिँ नगर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

‘यस प्रविधिमा भविष्यमा सकारात्मक रुपमा प्रयोग गरिने केसहरुलाई गोपनियता, नियन्त्रण र पारदर्शिता कायम राख्दै सबल पार्ने क्षमता छ भन्ने हामीलाई विश्वास लाग्छ। हामीले कसरी कम्प्युटिङ प्लेटफर्म र उपकरणले मानिसका आवश्यकता पूरा गर्न सक्छौं भन्नेमा पनि अन्वेषण जारी राख्नेछौं,’ मेटाका प्रवक्ता जेसन ग्रोसले भने ।

रिपोर्टका अनुसार मेटाले विभिन्न खालका बायोमेट्रिक उपकरण प्रयोगलाई निरन्तरता दिन्छ किनभने यो आक्रामक रुपमा मेटाभर्समा रुपान्तरित हुन्छ । आर्टिफिसियल इन्टिलिजेन्स प्रविधियुक्त डिपफेसकोे अनुहार पहिचान प्रणाली प्रयोगकर्ताको तस्बिरका साथै सिर्जना गरेको फेसियल टेम्प्लेटसँग मेल खान्छ ।

मेटाको मेटाभर्स एक बहुप्रयोगकर्ता भिआर स्पेस हो, पोर्टल हार्डवेयरमार्फत् जसको पहुँचमा पुग्न सकिन्छ । वास्तविक समयअनुसार ट्रयाकिङका साथ यो प्लेटफर्मले तथ्यांक संकलनमा नयाँ सहजता प्रदान गर्छ, जुन फेसबुकद्वारा धकेलिएको सीमाभन्दा धेरै टाढा जान्छ ।

वास्तवमा, डिपफेससँग बनाएको योजनाबारे मेटाले खुलासा गरेको छैन । तर, कम्पनीले प्रयोगकर्तालाई आगामी परिवर्तनबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘आगामी दिनमा यस्ता खालका प्रविधिको सम्भावित उपयोेगका लागि नागरिकले यसको प्रयोगबारे कस्तो चाहना राखछन्, यो प्रणाली र यसभित्र रहेको डाटालाई मानिसहरुले कसरी नियन्त्रण गर्न सक्छन् भन्नेबारे हामी उनीहरुलाई सुसूचित गरिहन्छौं । हामी कसरी नवप्रवर्तनको ढाँचालाई अगाडि बढाउँछौं भन्नेबारे पनि जानकारी दिन्छौं,’ ग्रोसले भने ।

ग्रोसले यसो भनिरहँदा फेसबुकमा रहेको अनुहार पहिचान गर्ने पद्धतिसँग यो मेल खाँदैन । फेसबुकमा अनुहार चिन्ने प्रणाली सुरु भएको नौ वर्षपछि यसबारे विभिन्न टीकाटिप्पणी सुरु भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा