२० मंसिर २०८२, शनिबार | December 6, 2025

लागुऔषधसहित दुई युवक पक्राउ



महोत्तरी । भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ बस्ने १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन् ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गए राति १० बजे भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई सम्सीस्थित प्रहरी चौकीबाट गस्तीमा गएका प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका थिए ।

ती युवाका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नाका साथै दुई थान मोबाइल र उनीहरुले चढी आएको भारतीय नम्बर बीआर३०यु ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

उनीहरूलाई थप कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ९ : ५९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले