२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कालाबांगमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा



गलेश्वर । वर्षौदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवनयापन गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानी कालाबांगवासी केन्द्रीय प्रसारण लाइनको विद्युतले गाउँ नै झिलीमिली भएपछि खुसी छन् ।

पाखापानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीका ५० घरमा विद्युत् विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा विद्युतीकरण गरेपछि गाउँ उज्यालो भएको रघुगंगा-६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए ।

यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत परियोजनाको बिजुली, सोलार र टुकीमा निर्भर थिए । केन्द्रीय प्रशारण लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको उनले जानकारी दिए ।

विद्युतीकरणका लागि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको थियो । रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसंख्याको बसोबास छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ०६ बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं